
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।
उहाँहरुबीच आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भेटवार्ता भएको हो । भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय हितका विषयमा कुराकानी भएको मन्त्री दाहालको सचिवालयले जनाएको छ ।
भेटवार्तामा राजदूत श्रीवास्तवले नेपाल–भारत रेलमार्गका बारेमा चासो व्यक्त गर्नुभएको छ । उहाँले रेल सेवा सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक जनशक्तिलाई तालिम, प्रशिक्षण उपलब्ध गराउन भारत सरकार तयार रहेको समेत उल्लेख गर्नु भएको मन्त्री दाहालको सचिवालयले जनाएको छ ।
त्यस अवसरमा मन्त्री दाहालले नेपालको रेलवे तथा विकासका अन्य क्षेत्रमा भारतले पुर्याएको योगदानको प्रशंसा गर्नुभयो । उहाँले आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप प्रगाढ बन्ने विश्वास व्यक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
भेटवार्तामा मन्त्रालयका सचिव केशवकुमार शर्माले समेत मन्त्रालयसँग सरोकार राख्ने विषयमा दुई देशका अधिकारीबीच छिट्टै बैठक बस्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
भेटवार्तामा रेल विभागका महानिर्देशक अजयकुमार मुल, सडक विभागका महानिर्देशक रामहरि पोखरेल, विकास सहायता समन्वय तथा गुणस्तर महाशाखाका प्रमुख सुशीलबाबु ढकाल, अन्य सहसचिवलगायत अधिकारी सहभागी रहनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै