
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यस वर्षभित्र ‘‘आइटीपार्क’ स्थापना गर्ने बताउनुभएको छ । सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले ‘सरकारले डिजिटल नेपाल फेर्मवर्क बनाउने लक्ष्य साकार पार्न सूचनाप्रविधिका पूर्वाधार निर्माण गर्न आवश्यक छ’ उहाँले भन्नुभयो ।
उहाँले भन्नुभयो– ‘काठमाडौँमा यस वर्षभित्रै ‘आइटीपार्क’ निर्माण गर्ने लक्ष्य सरकारले लिएको छ ।’ कम्प्युटर एशोसिएशन महासङ्घ नेपाल (क्यान महासङ्घ) द्वारा आज आयोजित ३०औँ क्यान इन्फोटेक–२०२५ को शुभारम्भ गर्नुहुँदै मन्त्री गुरुङले डिजिटल फेमवर्क बनाउन प्रशस्त सूचनाप्रविधिका पूर्वाधार तयार पार्नुपर्ने बताउनुभयो ।
सूचना प्रविधिको युगमा आइपुग्दासमेत नेपालमा एउटा पनि ‘आइटीपार्क’ नहुनु भनेको प्राविधिक हिसाबले पछिपर्नु रहेको बताउँदै उहाँले आफू मन्त्रालयको तर्फबाट इन्फास्टकचर, आइटि नीति, एआइ नीति लगायतका भौतिक र कानुनी प्रावधान ल्याउन सक्रिय रहेको जानकारी दिनुभयो ।
‘डिजिटल फ्रेमवर्कको उद्देश्य पूरा गर्न सूचनाप्रविधिका पूर्वाधार सिर्जना गर्नुपर्छ’ मन्त्री गुरुङले भन्नुभयो,“यस वर्ष जसरी पनि काठमाडौँमा एउटा आइटिपार्क बनाउछौँ ।’ त्यस्तै, मन्त्री गुरुङले एआइ नीति ल्याउने विषयमा मन्त्रालयले सरोकारवालासँग छलफल गरिरहेको बताउनुभयो । साथै यसै वर्षभित्र सात सय ५३ पालिकामा फोर जी सबैका घर–घर पुर्याउने र फाइभ जि काठमाडौँबाट शुरुमा मन्त्रालय सक्रिय रहेको जानकारी दिनुभयो ।
साउथ एसियामै एआइको नीति बनाउने विषयमा नेपालपछि परेको अवस्था दर्शाउँदै मन्त्री गुङले भन्नुभयो– ‘सूचना प्रविधिको भरपुर प्रयोग नगरे अबको समय हामी निकै पछि परिन्छ ।’ कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको भिडियोमार्फत शुभकामना सन्देश समेत प्रस्तुत गरिएको छ । सन्देशमा प्रधानमन्त्री ओलीले सरकारले अध्ययादेशमार्फत कानुन ल्याएर विदेशमासमेत लगानी गरी उद्योग सञ्चालन गर्न सकिने वातावरण सिर्जना गरेको र यसले युवा रोजगारमा उत्साह थपेको विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले क्यान जस्ता निजी क्षेत्रको सहकार्यबाट सरकारको डिजिटल फेमवर्क नेपाल बनाउने उद्देश्य सार्थक हुन सक्ने धारणा राख्नुभयो । क्यानका अध्यक्ष सिनैना घिमिरे पाण्डेलेका अनुसार सरकारले अध्यादेश देशमार्फत ल्याएको कानुनले युवामा उद्यमी बन्न प्रोत्साहन गरेको बताउनुभयो ।
सञ्चार मन्त्रालयले तयार पारेको एआई नीतिमाथि क्यानले सुझाव दिएर अझै जनमुखी बनाउने समेत अध्यक्ष पाण्डेले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै