
काठमाडौँ । सरकारले ल्याएका ६ अध्यादेश संघीय संसदमा आज निर्णयार्थ प्रस्तुत नगरिने भएको छ ।
अध्यादेश राष्ट्रियसभाबाट पारित नहुने अवस्था देखिएपछि त्यसलाई संघीय संसदमा प्रस्तुत नगरिने भएको हो । राष्ट्रियसभाको अंकगणित र अध्यादेशमा जसपा नेपाल भूमिका कस्तो हुने ? भन्ने एकीन नभएको कारण त्यसलाई आजै संसदमा पेश नगरिएको हो ।
स्रोतका अनुसार सभामुख देवराज घिमिरेले संघीय संसदमा आज अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने योजना बनाउनु भएको थियो । तर प्रतिनिधिसभा र राष्ट्रियसभा प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा अध्यादेश प्रस्तुत गर्ने कार्यसूची नै फेरिएको छ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले सभामुख देवराज घिमिरेलाई भेटेर प्रधानमन्त्रीको सन्देश सुनाउनु भएको छ ।
त्यसपछि दुवै सदनको आजको कार्यसूची फेरिएको हो । कानुनमन्त्री चौरसियाले नयाँ बानेश्वर नै पुगेर सभामुख घिमिरेलाई प्रधानमन्त्रीको सन्देश सुनाउनु भएको थियो।
‘प्रधानमन्त्तीले आज अध्यादेश अघि नबढाउने भन्नुभयो– ‘कानुनमन्त्री चौरसियाले सभामुखलाई भनेको भनाई उद्धृत गर्दै सत्तारुढ दलका एक सांसदले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै