
कास्की। मच्छिन्द्र फुटबल क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रङ्गशालास्थित फुटबल मैदानमा आज सम्पन्न खेलमा विभागीय सशस्त्र प्रहरीको एपिएफ क्लबलाई २–० गोलले मच्छिन्द्रले निराश बनाएको हो । पहिलो हाफको खेल गोलरहित टुङ्गिएकामा खेलको ७४औँ मिनेटमा आदित्य शाक्यले गोल गर्दै टिमलाई अग्रता दिलाए । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गर्नुभएका शाक्यले फरवार्ड आयुष घलानको पास सदुपयोग गर्दै गोल गरे ।
मच्छिन्द्रले खेलको ८१औँ मिनेटमा अग्रता दोब्बर बनायो । विदेशी खेलाडी स्टेफन कामाहाले रक्षक देवेन्द्र तामाङले प्रहार गरेको फ्रिकिक बललाई हेड गर्दै गोल गरेका हुन् । खेलमा एपिएफ क्लबले पनि गोलका केही मौका सिर्जना गरे पनि सदुपयोग गर्न सकेन । खेलपछि एपिएफका प्रशिक्षक जिवेश पाण्डेले खेलाडीले मौकाको सुदपयोग गर्न नसक्दा पराजित हुनुपरेको प्रतिक्रिया दिए ।
यसैगरी विजेता टोली मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले आफ्नो रणनीतिअनुसार नै खेलाडीले खेलेको बताउँदै प्रदर्शनप्रति खुसी व्यक्त गरे ।
चौबिसौँ संस्करणको आहा रारा पोखरा गोल्डकपमा नेपालका नौ र तीन विदेशी गरी १२ टोलीले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले नगद रु १२ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेताले रु छ लाखसहित सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् ।
यसैगरी प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले स्कुटर पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा विधागत रूपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्टाइकर र प्रशिक्षकले रु २५ हजार नगदसँगै ट्रफी पुरस्कार पाउँदा फेएर प्लेका रूपमा एक टोलीलाई पुरस्कृत गरिने सहाराका महासचिव रामजीप्रसाद अधिकारीेले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सरकार र आन्दोलनरत शिक्षकबीच निर्णायक वार्ताको तयारी
- सत्तापक्षीय दलको बैठक बालुवाटारमा जारी
- राष्ट्रपति पौडेलले शुक्रबार संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्ने
- नेपालमा मानव अधिकारको अवस्था झन् खस्कियो : एमनेस्टी इन्टरनेसनल
- प्रधानमन्त्रीलाई मेटमणीको चेतावनी : सिंहदरबार र बालुवाटारबाट भाग्नुपर्ला
- प्रधानमन्त्रीले १० महिनासम्म सम्पती विवरण किन नबुझाएको ?
- आज २८ औँ दिनपनि शिक्षकहरुको आन्दोलन जारी
- शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग
- पार्टीको सदस्यता त्याग्न शिक्षकहरूलाई पूर्व शिक्षामन्त्री सुमनाको आग्रह
- लिङ्देनको अभिव्यक्ति रेकर्डबाट हटाउन कांग्रेसको माग