
तनहुँ । शुक्लागण्डकी–५ दुलेगौँडास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेवा प्रवाहका लागि भौतिक संरचना निर्माण शुरु गरिएको छ ।
मिर्गौला सम्बन्धी समस्या भएका बिरामीलाई आउने चैत ७ गते जीपी स्मृति दिवसका दिनदेखि सेवा दिने उद्देश्यसहित भौतिक संरचना निर्माण शुरु गरिएको हो ।
केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले ४० लाख रुपैयाँ लागतमा डायलासिस भवन निर्माण भइरहेको जानकारी दिनुभयो । ‘डायलासिस गर्न आवश्यक पर्ने शय्या र केही उपकरण अस्पतालमा रहेकाले अन्य ६ वटा उपकरण स्वास्थ्य सेवा विभागबाट माग गरिएको छ’ उहाँले भन्नुभयो– ‘विपन्न नागरिक उपचार कार्यक्रम सूचिकृतका लागि प्रक्रिया अघि बढाइएको छ ।’
डायलासिसका लागि प्रतिव्यक्ति दुई हजार पाँच रुपैयाँ लाग्ने शुल्कमा निःशुल्क गर्न नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा स्वास्थ्य सेवा विभागमा सूचीकृत गर्न पठाइएको निर्देशक डा श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार माग गरिएका छ वटा उपकरणमध्ये एउटा इमर्जेन्सी सेवाका लागि राखिने छ भने पाँच वटा दैनिक सेवामा प्रयोग गरिनेछ । उहाँले भन्नुभयो– ‘यसले सातामा ३० जना बिरामीलाई सेवा प्रवाह गर्न सकिनेछ ।’
डायलासिस सेवाका लागि संरचना निर्माणमा लायन्स क्लब र शुक्लागण्डकी नगरपालिकाले सहयोग रहेको केन्द्रले जनाएको छ । सेवा सञ्चालन गर्न तीन नर्सलाई तालिम प्रदान गरेर तयारी अवस्थामा राखिएको अस्पतालका प्रशासन शाखा प्रमुख प्रदीप पौडेलले बताउनुभयो । स्वास्थ्य बिमाबाट पनि उपचार सेवाप्राप्त गर्नसक्ने भएपछि बिरामीको घुइँचो बढेको भन्दै उहाँले दैनिक तीन सयबढी बिरामीले सेवा लिइरहेका जानकारी दिनुभयो ।
पौडेलका अनुसार यतिबेला रुघाखोकी, ज्वरोलगायत मौसमी सङ्क्रमण भएका बिरामीको घुइँचो बढी छ । केन्द्रले श्वासप्रश्वाससम्बन्धी विशेषज्ञ सेवासहित हाडजोर्नी तथा नशारोग, स्त्रीरोग, बालरोग, नाक, कान घाँटी तथा सामान्य शल्यक्रियासम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ ।
अस्पतालमा तनहुँसहित स्याङ्जा, पाल्पा, नवलपरासी, कास्की, लमजुङ लगायत जिल्लाबाट सेवाग्राही उपचारका लागि आउने गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै