
काठमाडौँ । काठमाडौँमा आउने शनिबार ‘इन्टर स्कुल नेसनल स्केट प्रतियोगिता’ हुने भएको छ ।
ज्ञान संस्कार इन्टरनेसनल स्कुलको आयोजना र राष्ट्रिय खेलकुद परिषद् तथा राष्ट्रिय स्केटिङ तथा स्केट बोर्डिङ सङ्घसँगको सहकार्यमा आगामी शनिबार दोस्रो ज्ञान संस्कार इन्टर स्कुल नेसनल स्केट प्रतियोगिता हुन लागेको हो ।
आज आयोजित पत्रकार सम्मेलनमार्फत ज्ञान संस्कार इन्टरनेसनल स्कुलकी प्रधानाध्यापक नीलम बानियाँ बडूले प्रतियोगितामा नेपालभरिका विभिन्न विद्यालयबाट २ सय भन्दा बढी विद्यार्थीको सहभागिता रहने जानकारी दिनुभयो । विद्यालयस्तरमा सञ्चालन हुने प्रतियोगिताले विद्यार्थीमा उत्साह जगाउनुका साथै राष्ट्रियस्तरका खेलतडी उत्पादनमा सहयोगी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
युवामाझ लोकप्रिय बन्दै गरेको नेपाली स्केटिङ खेल आधिकारिक रूपमा विश्वस्तरमा प्रतिस्पर्धा गर्नसक्ने बनोस् भन्ने उद्देश्यले विद्यालयस्तरीय प्रतियोगिता आयोजना गर्न लागिएको प्रअ बडूले उल्लेख गर्नुभयो ।
राष्ट्रिय स्केटिङ तथा स्केट बोर्डिङ सङ्घका महासचिव सत्य थापाले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई अन्तर्राष्ट्रियस्तरमा सञ्चालन हुने स्केटिङ प्रतियोगितामा सहभागी गराइने बताउनुभयो । प्रतियोगितामा देशभरका धेरैभन्दा धेरै विद्यालयबाट सहभागिता रहोस् भन्ने उद्देश्यले प्रचारप्रसार गरिरहेको उहाँको भनाइ छ ।
प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ उद्घाटन गर्ने कार्यतालिका रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने खेलाडीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र तथा द्वितीय र तृतीय हुने खेलाडीलाई प्रमाणपत्र र मेडल उपलब्ध गराइने छ ।
साथै सहभागी सम्पूर्ण विद्यार्थीलाई सहभागिताको प्रमाणपत्र उपलब्ध गराइने आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै