
काठमाडौँ । प्रतिपक्ष दल नेकपा एकीकृत (एकीकृत समाजवादी) ले केन्द्रीय विभागका प्रमुख तथा उपप्रमुख तोकेको छ ।
एकीकृत समाजवादीले अपानीमार्फत ३३ केन्द्रीय विभागका प्रमुख र उप्रमुख तोकेको हो । पछिल्लो जिम्मेवारी हेरफेर अनुसार सम्मानित नेता झलनाथ खनालले पार्टी स्कुल विभाग प्रमुखको जिम्मेवारी पाउनु भएको छ । त्यसको उपप्रमुखको जिम्मेवारी नेताद्धय डा बेदुराम भुसाल र डा विजयकुमार पौडेललाई तोकिएको छ । ।
डा बेदुराम भुसाललाई सङगठन विभाग प्रमुखको जिम्मेवारी समेत दिइएको छ । त्यो विभागको उपप्रमुखमा रामचन्द्र यादव रहनुभएको छ । विदेश विभागको प्रमुखमा प्रमेश हमाल, राजकीय मामिला विभाग प्रमुखमा घनेन्द्र बस्नेत, उपप्रमुखमा प्रमोद शर्मा, प्रचार विभाग प्रमुखमा उपाध्यक्ष प्रकाश ज्वाला, उपप्रमुखमा दामोदर अर्याल र चमिना भट्टराईलाई बनाइएको छ ।
सङघीय तथा प्रादेशिक मामिला प्रमुखमा उपाध्यक्ष जगन्नाथ खतिवडा, अनुगमन तथा मूल्याङकन विभाग प्रमुखमा महासचिव घनश्याम भूसाल, उपप्रमुखमा अशेष घिमिरे, संसदीय विभाग प्रमुखमा गरिमा शाह, शिक्षा विभाग प्रमुखमा पार्टी सचिव सावित्रा भुसाल, उपप्रमुखमा उदयबहादुर बोहरा, आर्थिक विभाग प्रमुखमा पार्टी सचिव सोम पाण्डे, सहकारी विभाग प्रमुखमा केशवलाल श्रेष्ठ र उपप्रमुखमा निर्मल सुवेदी र नवराज सुवेदीलाई तोकिएको छ ।
कुन विभाग कसलाई ?
स्कुल विभाग : प्रमुखमा झलनाथ खनाल, उपप्रमुखमा डा।बेदुराम भुसाल र डा विजय पौडेल
सङगठन विभाग : प्रमुखमा डा। बेदुराम भुसाल, उपप्रमुखमा रामचन्द्र यादव
विदेश विभाग : प्रमुखमा प्रमेश हमाल
राजकीय मामिला विभाग : प्रमुखमा घनेन्द्र बस्नेत, उपप्रमुखमा प्रमोद शर्मा
प्रचार विभाग : प्रमुखमा प्रकाश ज्वाला, उपप्रमुखमा दामोदर अर्याल र चमिना भट्टराई
सङघीय तथा प्रादेशिक मामिला : प्रमुखमा जगन्नाथ खतिवडा
अनुगमन तथा मूल्याङकन विभाग : प्रमुखमा घनश्याम भुसाल, उपप्रमुखमा अशेष घिमिरे
संसदीय विभाग : प्रमुखमा गरिमा शाह
शिक्षा विभाग : प्रमुखमा सावित्रा भुसाल, उपप्रमुखमा उदयबहादुर बोहरा
आर्थिक विभाग : प्रमुखमा सोमप्रसाद पाण्डेय
सहकारी विभाग : प्रमुखमा केशवलाल श्रेष्ठ र उपप्रमुखमा निर्मल सुवेदी र नवराज सुवेदी
अर्थ योजना विभाग : प्रमुखमा डा विजयकुमार पौडेल, उपप्रमुखमा डा।चन्द्रमणि अधिकारी,
पर्यटन विभाग : प्रमुखमा जीवनराम श्रेष्ठ र उपप्रमुखमा हंशबहादुर शाही
कृषि तथा भूमिसुधार विभाग : प्रमुखमा हरि पराजुली र उपप्रमुखमा चुनु केसी
भौतिक पूर्वाधार तथा यातायात विभाग : प्रमुखमा रामचन्द्र झा र उपप्रमुखमा गम्भीरलाल श्रेष्ठ
स्थानीय तह विभाग : प्रमुखमा कल्याणी खडका र उपप्रमुखमा मिना लामा, डा सीता ढुङगाना
स्वास्थ्य विभाग : प्रमुखमा डा।वंशीधर मिश्र र उपप्रमुखमा राधा सिलवाल
राष्ट्रिय हित सुरक्षा विभाग : प्रमुखमा साध्यबहादुर भण्डारी
जलस्रोत विभाग : प्रमुखमा डा कृष्ण पन्त
निर्वाचन विभाग : प्रमुखमा दिलु पन्त र उपप्रमुखमा अम्बिका थापा, भवानी खडका
कानुन विभाग : प्रमुखमा डा देउमान सम्बाहाम्फे र उपप्रमुखमा कुलप्रसाद फुयाँल
समाज कल्याण विभाग : प्रमुखमा निरादेवी जैरु र उपप्रमुखमा मञ्जु यादव
विपद् व्यवस्थापन विभाग : प्रमुखमा राजेन्द्रमान श्रेष्ठ र उपप्रमुखमा भास्कर काफ्ले
उपभोक्ता हित विभाग : प्रमुखमा प्रा डाइन्दु आचार्य र उपप्रमुखमा रुकमति जागरी
श्रम तथा रोजगार विभाग : प्रमुखमा सुदेश पराजुली
विज्ञान प्रविधि विभाग : प्रमुखमा शंकर पोखरेल
खानेपानी तथा सरसफाइ विभाग : प्रमुखमा चीरञ्जीवी आचाय
खेलकुद विभाग : प्रमुखमा देवसिंह महता र उपप्रमुखमा रिता अवाल
शहरी विकास विभाग : प्रमुखमा कृष्णप्रसाद खनाल
वन वातावरण विभाग : प्रमुखमा विजय गुरुङ र उपप्रमुखमा अम्बिका थापा
उद्योग वाणिज्य विभाग : प्रमुखमा परमानन्द भट्ट र उपप्रमुखमा गोमा तिमिल्सिना
उद्यमशीलता विकास विभाग : प्रमुखमा होम बुढाथोकी
साहित्य–संस्कृति विभाग : प्रमुखमा रमेशरञ्जन झा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सरकार र आन्दोलनरत शिक्षकबीच निर्णायक वार्ताको तयारी
- सत्तापक्षीय दलको बैठक बालुवाटारमा जारी
- राष्ट्रपति पौडेलले शुक्रबार संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्ने
- नेपालमा मानव अधिकारको अवस्था झन् खस्कियो : एमनेस्टी इन्टरनेसनल
- प्रधानमन्त्रीलाई मेटमणीको चेतावनी : सिंहदरबार र बालुवाटारबाट भाग्नुपर्ला
- प्रधानमन्त्रीले १० महिनासम्म सम्पती विवरण किन नबुझाएको ?
- आज २८ औँ दिनपनि शिक्षकहरुको आन्दोलन जारी
- शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग
- पार्टीको सदस्यता त्याग्न शिक्षकहरूलाई पूर्व शिक्षामन्त्री सुमनाको आग्रह
- लिङ्देनको अभिव्यक्ति रेकर्डबाट हटाउन कांग्रेसको माग