
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार जारी महाकुम्भ २०२५ मा त्रिवेणी सङ्गममा पवित्र स्नान गर्न उत्तर प्रदेशको प्रयागराज पुग्नुभएको छ ।
प्रधानमन्त्रीले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग यमुना नदीमा डुङ्गा यात्रा गर्नुभयो । प्रधानमन्त्रीले सङ्गममा पवित्र स्नान गर्नुका साथै माता गङ्गाको पूजा गर्नुहुनेछ ।
पौष पूर्णिमा (सन् २०२५ जनवरी १३) देखि शुरु भएको महाकुम्भ २०२५ विश्वको सबैभन्दा ठूलो आध्यात्मिक र सांस्कृतिक समागम हो । महाकुम्भले विश्वभरका भक्तजनहरूलाई आकर्षित गर्दछ । महाकुम्भ फेब्रुअरी २६ को महाशिवरात्रिसम्म जारी रहनेछ ।
भारतको आध्यात्मिक र सांस्कृतिक सम्पदाको प्रवद्र्धन र संरक्षण गर्ने आफ्नो प्रतिबद्धता अनुरूप प्रधानमन्त्री मोदीले तीर्थस्थलहरूमा पूर्वाधार र सुविधाहरू बढाउन निरन्तर सक्रिय कदम चाल्नुभएको छ ।
यसअघि सन् २०२४ डिसेम्बर १३ मा प्रयागराज भ्रमणका क्रममा प्रधानमन्त्रीले आम जनताका लागि सम्पर्क, सुविधा र सेवाहरू सुधार गर्ने ५५ अर्ब मूल्यका १६७ विकास परियोजनाको उद्घाटन गर्नुभएको थियो ।
यसैबीच स्थानीय समयानुसार बुधबार बिहान ८ बजेसम्म गङ्गा, यमुना र रहस्यमयी सरस्वतीको सङ्गममा ३७ लाख ४८ हजारभन्दा बढी भक्तजनले पवित्र स्नान गरेका छन् । यसले विशाल धार्मिक समागमको गहिरो आध्यात्मिक उत्साह बढाएको छ ।
यसमा दिव्य आशीर्वाद प्राप्त गर्न बिहानै आइपुगेका १० लाखभन्दा बढी कल्पवासी र २७ लाख ४८ हजार तीर्थयात्री समावेश छन् ।
उत्तर प्रदेश सरकारको तथ्याङ्कअनुसार महाकुम्भ शुरु भएदेखि फेब्रुअरी ४ सम्म स्नान गर्नेहरूको सङ्ख्या ३८ करोड २० लाख नाघेको छ । यसले यस कार्यक्रमको अतुलनीय आध्यात्मिक र सांस्कृतिक महत्त्वलाई दर्शाउँछ ।
यसअघि मङ्गलबार भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुकले महाकुम्भ–२०२५ का लागि प्रयागराजको भ्रमणका क्रममा विभिन्न महत्त्वपूर्ण आध्यात्मिक गतिविधिमा भाग लिनुभएको थियो ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँगै दुई नेताले लेटे हनुमान मन्दिरमा पूजा गर्नुभयो र डिजिटल महाकुम्भ अनुभव केन्द्रको भ्रमण गर्नुभयो । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सत्तापक्षीय दलको बैठक बालुवाटारमा जारी
- राष्ट्रपति पौडेलले शुक्रबार संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्ने
- नेपालमा मानव अधिकारको अवस्था झन् खस्कियो : एमनेस्टी इन्टरनेसनल
- प्रधानमन्त्रीलाई मेटमणीको चेतावनी : सिंहदरबार र बालुवाटारबाट भाग्नुपर्ला
- प्रधानमन्त्रीले १० महिनासम्म सम्पती विवरण किन नबुझाएको ?
- आज २८ औँ दिनपनि शिक्षकहरुको आन्दोलन जारी
- शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग
- पार्टीको सदस्यता त्याग्न शिक्षकहरूलाई पूर्व शिक्षामन्त्री सुमनाको आग्रह
- लिङ्देनको अभिव्यक्ति रेकर्डबाट हटाउन कांग्रेसको माग
- कांग्रेसका महामन्त्री थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता