
काठमाडौँ । भारतको राजधानी दिल्लीमा विधानसभाको लागि बुधबार निर्वाचन शुरु भएको छ । निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा) उहाँको प्रमुख प्रतिद्वन्द्वीलाई हटाउन प्रयासरत छ ।
३ करोडभन्दा बढी जनसङ्ख्या भएको विशाल महानगर दिल्लीमा एक दशकको अधिकांश समय ‘करिस्मेटिक’ अरविन्द केजरीवाल र उहाँको आम आदमी पार्टी (आप) को शासन रहेको छ ।
केजरीवाल एक दशकअघि भ्रष्टाचार विरोधी अभियानकर्ताका रूपमा सत्तामा आउनुभएको थियो र उहाँको प्रतिष्ठाले उहाँलाई मोदीका प्रमुख प्रतिद्वन्द्वी मध्ये एकको भूमिका प्रदान गरेको छ ।राजधानीका लाखौँ गरिब बासिन्दालाई व्यापक पानी र बिजुली अनुदान दिएर उहाँको लोकप्रियता बढेको छ ।
तर सर्वोच्च अदालतले जमानत दिनुअघि उहाँको पार्टीले पार्टीका धेरै साथी नेताहरूसँगै मदिरा इजाजतपत्रको बदलामा घुस लिएको आरोपमा उहाँले गत वर्ष धेरै महिना जेलमा बिताउनुभएको थियो । भाजपाले बुधबारको मतदान अघिका सातामा जोशपूर्ण प्रचार गर्दा भ्रष्टाचारका आरोपलाई नियमित रूपमा उठायो । प्रचारका क्रममा मोदी स्वयंले धेरै र्यालीको नेतृत्व गर्नुभयो ।
केजरीवालले गलत काम गरेको अस्वीकार गर्नुभएको छ र यी आरोपलाई मोदी सरकारद्वारा राजनीतिक दूर्भावनापूर्ण कारबाही भनी चित्रण गर्नुभएको छ । आप नेताले पनि दुर्लभ तेस्रो कार्यकाल जित्ने विश्वास व्यक्त गर्नुभएको छ । तर शनिबार नतिजा घोषणा हुँदा आप अग्रस्थानमा आए पनि केजरीवाल मुख्यमन्त्रीको शीर्ष पदका लागि योग्य नहुन सक्नुहुनेछ ।
सर्वोच्च अदालतले आफ्नो जमानत आदेशमा उहाँलाई आधिकारिक फाइलहरूमा हस्ताक्षर गर्न वा उहाँको कार्यालयमा जान प्रतिबन्ध लगाएको थियो । जसका कारण उहाँ रिहा भएको केही दिनभित्रै राजीनामा दिन बाध्य हुनुभयो । त्यस समयमा केजरीवालले पुनः चुनाव जितेपछि र दिल्लीका जनताबाट ‘इमानदारीको प्रमाणपत्र’ प्राप्त गरेपछि मुख्यमन्त्रीका रूपमा फर्कने बताउनुभएको थियो ।
उहाँका सहयोगी आतिशीले केजरीवाल मुख्यमन्त्री बन्न कुनै कानूनी बाधा नरहेको बताउनुभएको छ । केजरीवालले राजीनामा दिएपछि आतिशीलाई जिम्मेवारी सुम्पनुभएको थियो । ‘कानुनी रूपमा यो स्पष्ट छ कि चुनाव लड्न सक्ने जो कोही पनि मुख्यमन्त्री बन्न योग्य छ’ एउटा मात्र नाम प्रयोग गर्ने आतिशीले हिन्दुस्तान टाइम्स अखबारलाई भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै