
काठमाडौँ । प्रेमको महिना, फेब्रुअरीको शुरुवात सँगै ‘पोइट्री अनप्लग’ ले आफ्ना श्रोताहरुका निम्ति लालटिन पोयट्री सेसन अन्तर्गत ८ प्रेमिल कविताहरुको कोसेली पस्कने भएको छ ।
पोयट आइडल , कृपा अनप्लग्ड र हिमालय रोडिज जस्ता सफल कार्यक्रमका निर्देशक रहिसकेका अमन प्रताप अधिकारीको निर्देशनमा बनेको यस लालटिन पोयट्री सेसनभित्र चर्चित कवि तथा गीतकार विप्लव प्रतीकका साथमा कवि विपना अधिकारी, विजय लुइटेल, मुस्कान पोखरेल र अतुल सिंहले आफ्ना प्रेमिल कविता प्रस्तुत गर्दैछन् ।
आइतबार माघ २० गते फेब्रुअरीको पहिलो प्रस्तुतिको रुपमा आफ्नो युट्युव च्यानल ‘पोइट्री अनप्लग’ नेपाल (Poetry Unplugged Nepal ) मा कवि विप्लव प्रतीकको कविता ‘अन्तिम भेट’ सार्वजनिक गर्दै ‘पोइट्री अनप्लग’ ले फेब्रुअरीलाई प्रेम कवितामा केन्द्रित गर्ने जमर्को गरेको छ । किबोर्डिस्ट सिम्सन प्रधानको पार्शव संगीतले सजिएका प्रेमील कवितालाई श्रोता सामू प्रस्तुत गर्नका लागि टाइटल स्पन्सरका रुपमा नेपाल कलेज अफ म्यानेजमेन्ट , सफल एडुकेसन एण्ड भिसा सर्भिसेस जोडिएका छन् भने प्रमुख स्पन्सरका रुपमा अस्ट्रेलियास्थित ब्लिस मस्म र लेवा (अनलाइन इङ्लिस लर्निङ प्लाटफर्म) जोडिएका छन् ।
त्यस्तै मिडिया पार्टनरका रुपमा देशसंचार ,साहित्य पार्टनरका रुपमा साहित्यपोस्ट र अनलाइन पार्टनरका रुपमा मिम नेपालले समेत ‘पोइट्री अनप्लग’ को यात्रालाई सघाइरहेका छन् ।
कवि विप्लव प्रतीकको कविता ‘अन्तिम भेट’ हेर्नका लागि तलको लिङ्कमा जानुहोला
https://youtu.be/iV0Lq8OrIww?t=7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- स्थानीय तहका कर्मचारीद्वारा पनि आन्दोलनको घोषणा
- राप्रपाको प्रदर्शनका कारण भोलि शिक्षक आन्दोलन बिहानलाई सारियो
- ‘विवाहको प्रस्ताव अस्वीकार गरेपछि युवतीमाथि गोली प्रहार’
- निषेधित क्षेत्र नतोड्न राप्रपालाई गृह मन्त्रालयको चेतावनी
- राप्रपाले आइतबार बिजुलीबजारमा निषेधित क्षेत्र तोड्ने
- बालुवाटारमा तीन शीर्ष नेताबीच छलफल
- धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैन: अध्यक्ष दाहाल
- वर्षा बाधक बनेपछि नेपाल विश्वकपका लागि छनोट भएन
- पूजाको हत्यारालाई कारबाही गर्न माग
- एक लाखले दर्शन गरे शालिग्राम सङ्ग्रहालय