
भोजपुर । पौवादुङमा गाउँपालिकाले ‘आफैँ पाल्दै, आफैँ खादै’ कार्यक्रमअन्तर्गत गर्भवती तथा सुत्केरीलाई कुखुरा वितरण गरेको छ ।
गर्भवती तथा सुत्केरीको पोषणलाई ध्यानमा राख्दै गाउँपालिकाले कुखुरा वितरण गरेको जनाएको छ । कार्यक्रमअन्तर्गत पौवादुङमाका छ वटै वडामा रहेका गर्भवती तथा सुत्केरीलाई एक÷एक वटा भाले, दुई वटा पोथी कुखुरा वितरण गर्दै आइएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो ।
वितरण गरिएको कुखुरा पालेर उनीहरुले आवश्यक रुपमा अण्डा, मासुको रुपमा प्रयोग गर्न सक्ने अध्यक्ष राईको भनाइ छ । गाउँपालिकाले सुत्केरी, गर्भवती र नवजात शिशुको स्वास्थ्यलाई लक्षित गरेर यो कार्यक्रम नियमित रुपमा सञ्चालन गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताउनुभयो ।
कार्यक्रमअन्तर्गत वर्षमा एकपटक कुखुरा वितरण गरिेने गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो । वितरण गरिएको पोथी भने उनीहरुले दुई वर्षसम्म पाल्नुपर्ने नियम छ । गर्भवतीले प्रत्येक पटक स्वास्थ्य संस्थामा जाँच गराएवापत एक क्यारेट अण्डासमेत वितरण भइरहेको उपाध्यक्ष राईले बताउनुभयो ।
कार्यक्रमअन्तर्गत सोमबार पौवादुङमा पाँच सानोदुम्माका १२ जना गर्भवती तथा सुत्केरीलाई एक÷एक वटा भाले र दुई वटा अण्डा दिने पोथी वितरण गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै