
बागलुङ । बागलुङको बालमन्दिरमा रहेको राणाकालीन सामुदायिक पुस्तकालयमा छुट्टै बाल पुस्तकालय स्थापना गरिने भएको छ ।
विसं २००३ मा स्थापित पुस्तकालयमा बालबालिकाका लागि छुट्टै पुस्तकालय स्थापना गर्न लागिएको हो । बाल पुस्तकालय सञ्चालनका लागि अभियानबाट सङ्कलित ५ लाख रुपैयाँ खर्चेर बाल पुस्तकालय स्थापना गरिएको पुस्तकालयका अध्यक्ष राम थापाले जानकारी दिनुभयो ।
पुस्तकालय स्थापनको दिन पारेर सल्लाहकार परिषद् सदस्य एवं पूर्वअध्यक्ष ईश्वरप्रसाद श्रेष्ठले छोरी आराजु श्रेष्ठको स्मृतिमा ५५ हजार ५ सय ५५ रुपैयाँ, पुस्तकालयका आजीवन सदस्य बागलुङ नगरपालिका–३ गुठी निवासी गगन पुनले बुबा टीकाराम पुनको स्मृतिमारु ५० हजार र कालिका भगवती गुठीका उपाध्यक्ष निशान खड्काले २५ हजार रुपैयाँ सहयोग गर्नुभएको थियो ।
सूचना–प्रविधिका उपकरण, बाल साहित्यका पुस्तक, रङरोगन र साजसज्जाका लागि विभिन्न सामग्री राखेर बाल पुस्तकालय स्थापना गरिएको छ । राणाकालको प्रतिकूल समयमा स्थापना भएका कारण पनि विद्यामन्दिर पुस्तकालयको छुट्टै महत्व छ । धौलागिरी क्षेत्रको शैक्षिक, सामाजिक र राजनीतिक जागरणको केन्द्रका रुपमा यस पुस्तकालयलाई लिने गरिन्छ ।
स्थापनाकालमा काठमाडौँ उपत्यका हुँदै भारतको दिल्ली, गोरखपुरसम्मबाट भरिया लगाएर ल्याइएका पुस्तक संग्रह गरेर शुरु गरिएको पुस्तकालयमा अहिले हस्तलिखितसहित विभिन्न विधाका गरी करिब १८ हजार पुस्तक छन् । पुस्तकालयमा विसं २०७२ देखि विद्युतीय पुस्तकालय (ई–लाइब्रेरी) पनि सञ्चालित छ ।
प्रारम्भिक चरणमा विद्यालयको कोठा हुँदै सार्वजनिक पौवामा सञ्चालित पुस्ताकालयले अहिले सुविधासम्पन्न भवनबाट सेवा दिँदै आएको छ ।
पुस्तकालयका संस्थापक दिवंगत ओमप्रसाद गौचन र मेघकुमार वैद्य हुनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै