
म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ र ३ राखु भगवती, पिप्ले क्षेत्रका सामुदायिक विद्यालयमा अनाथ तथा विपन्नका लागि छात्रवृत्ति दिन सात लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ ।
रघुगङ्गा गाउँपालिका–२ भगवती घर भई हाल बेलायतमा बसोबास गर्दै आउनुभएका खिमबहादुर क्षेत्रीले यहाँका १० वटा सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको हो । माध्यमिक विद्यालयहरु ज्ञानोदय मावि, रघुगङ्गा मावि, मुक्तिधाम मावि र कक्षा ८ सम्म पठनपाठन हुने सिद्धार्थ ज्ञानमन्दिरमा एक÷एक लाख रुपैयाँ राशिको अक्षयकोष स्थापना गरिएको छ ।
त्यसैगरी, हिमालय आधारभूत, मालिका आधारभूत, अमरसिंह आधारभूत, अन्नपूर्ण आधारभूत, देउराली आधारभूत र धौलागिरी आधारभूत विद्यालयमा ५० ÷५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । अक्षयकोषदाता क्षेत्रीले आइतबार गाउँपालिकाको केन्द्र मौवाफाँटस्थित प्रभु बैङ्कमार्फत सम्बन्धित विद्यालयको मुद्दति खातामा जम्मा हुनेगरी अक्षयकोष रकम हस्तान्तरण गर्नुभएको छ ।
त्यस अवसरमा अक्षयकोषदाता क्षेत्री र विद्यालयका प्रधानाध्यापकबीच अक्षयकोष परिचालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । कोषको ब्याज रकमबाट वार्षिक रुपमा विद्यालयका अनाथ र विपन्न छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिने जनाइएको छ ।
ग्रामीण क्षेत्रका विद्यालयमा अध्ययनरत अनाथ तथा विपन्न छात्रछात्राको शिक्षामा सहज पहुँच पुर्याउने उद्देश्यले अक्षयकोष स्थापना गरेको क्षेत्रीले बताउनुभयो ।
उहाँले यसअघि ज्ञानोदय माविमा सञ्चालित दृष्टिविहीन स्रोत कक्षाका लागि समेत ५० हजार रुपैयाँको मुद्दति कोष स्थापना गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै