
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृति र सम्पदाको अध्ययन एवं अनुसन्धानमा बढवा दिनुपर्ने बताउनुभएको छ ।
सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालले आज आयोजित प्रा डा सोमप्रसाद खतिवडाद्वारा लिखित ‘हनुमानढोका दरबार क्षेत्रका मूर्त सांस्कृतिक सम्पदा’ पुस्तकको विमोचन गर्दै उहाँले संस्कृति र सम्पदा क्षेत्र अध्ययन तथा अनुसन्धानका आधारमा नभई लहडका आधारमा निष्कर्ष निकाल्दा समस्या आउने गरेको बताउनुभयो ।
नेपालका विविध संस्कृति, प्रकृति र सम्पदा खुला सङ्ग्रहालयका रूपमा रहेको मन्त्री पाण्डेको भनाइ छ । नेपाल विविध संस्कृति, प्रकृति र सम्पदाको खुला सङ्ग्रहालयका रूपमा रहेको उहाँले बताउनुभयो ।
सम्पदा महत्त्वपूर्ण पुँजीका रूपमा रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले जल, जङ्गल र जडीबुटीजस्ता जैविक सम्पदाको संरक्षणको आवश्यकता औँल्याउनुभयो । प्राकृतिक सम्पदा जोगाउनका लागि प्राज्ञिक रूपमा बहस र छलफल हुनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
‘सम्पदाको अध्ययन, अन्वेषण हुँदा तथ्य र तथ्याङ्कमा आधारित भई वैज्ञानिक रूपमा पुष्टि हुनेगरी निष्कर्षमा पुग्नुपर्छ, हनुमानढोका दरबार क्षेत्रको मूर्त सांस्कृतिक सम्पदा नामक पुस्तकले अनुसन्धात्मक तरिकाले विराट र विशाल रूप बढाएको छ’ मन्त्री पाण्डेले भन्नुभयो ।
पुस्तकका लेखक प्रा डा सोमप्रसाद खतिवडाले हनुमानढोका दरबार सङ्ग्रहालयको भ्रमण गरेपछि यससम्बन्धी पुस्तक लेख्ने सोच आएको बताउनुभयो । मूर्त सम्पदाका विषयवस्तु मात्र पुस्तकमा उल्लेख गरिएको जानकारी पनि उहाँले गराउनुभयो ।
दरबारभित्रका ११ वटा मन्दिर र दरबार बाहिरका १९ गरी ३० वटा मठमन्दिरका बारेमा पुस्तकमा उल्लेख गरिएको जानकारी पनि लेखक खतिवडाले गराउनुभयो । ती मन्दिरका कला, वास्तुकलाका बारेमा पनि पुस्तकमा विषयवस्तु समावेश गरिएको छ ।
‘मोहनकाली चोकको ढुङ्गेधारामा ८० र ९० वटा मूर्ति रहेको छ, भित्र सुन्धारामा पनि त्यस्तै दुर्लभ मूर्ति छन्, कालीय दमन मूर्ति यहीँ छ, लिच्छविकालको जलासन्ध विष्णुको मूर्ति यहीँ छ, पञ्चबुद्ध शिवको मूर्ति यहीँ छ, यहाँका चित्र लगायत विषय पनि पुस्तकमा समावेश गरिएको छ’ उहाँले भन्नुभयो ।
हनुमानढोका दरबार हेरचाह अड्डाले प्रकाशन गरेका चित्रका बारेमा पनि पुस्तकमा उल्लेख गरिएको छ । पहिले हुने कतिपय जात्रा, पर्व हुन छोडेको कार्यक्रममा प्रा डा खतिवडाले सुनाउनुभयो ।
परिषद्का अध्यक्ष एवं कलाकार बमबहादुर कार्कीले नेपालका महत्त्वपूर्ण संस्कृतिलाई अन्य देशमा पनि प्रचारप्रसार गर्न नेपालबाट प्रतिनिधित्व गर्ने राजदूतलाई यससम्बन्धी जानकारी गराइएको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै