
काठमाडौँ । सामसुङ इलेक्ट्रोनिक्सका प्रमुख ली जे–योङलाई सन् २०१५ को विवादास्पद मर्जरसँग सम्बन्धित विभिन्न आरोपबाट सोमबार पुनः सफाइ मिलेको छ ।
लीलाई गत वर्षको एक सुनुवाइमा अभियोगबाट मुक्त गरिएको थियो, तर अभियोजकहरूले उक्त फैसलाविरुद्ध अपिल गरेका थिए। एएफपीले प्राप्त गरेको अदालती कागजातमा भनिएको छ– ‘प्रस्तुत गरिएका प्रमाणहरू तर्कसङ्गत शङ्काभन्दा बाहिर आरोप प्रमाणित गर्न पर्याप्त थिएनन्।’
लीलाई स्टक प्राइस हेरफेर, विश्वासघात र ‘एकाउन्टिङ फ्रड’लगायतका आरोपबाट सफाइ दिइएको हो । यो मुद्दा सन् २०१५ मा निर्माण तथा इन्जिनियरिङ कम्पनी सामसुङ सी एण्ड टी र चेइल इन्डस्ट्रिजबीच भएको मर्जरसँग सम्बन्धित छ ।
लीले सियोलको अदालत छोड्ने क्रममा कुनै पनि प्रश्नको जवाफ दिनुभएन तर उहाँका वकिलहरूले पत्रकारहरूलाई भने– हामी ‘अदालतको बुद्धिमत्तापूर्ण निर्णयको लागि हृदयदेखि धन्यवाद’ दिन्छौँ ।’
‘यो मुद्दाको अनुसन्धान र सुनुवाइ प्रक्रिया सुरु भएको धेरै लामो समय भइसकेको छ’ लीको कानुनी टोलीले भनेको छ– ‘ हामी आशा गरेका छौँ कि यस फैसलासँगै प्रतिवादीहरू अब आफ्नो उचित कर्तव्य र जिम्मेवारीमा फर्कन सक्नेछन्।’
सन् २०१७ मा पूर्व राष्ट्रपति पार्क ग्युन हेलाई पदच्युत गर्ने व्यापक अनुसन्धानपछि लीलाई १८ महिनाको जेल सजाय सुनाइएको थियो । दक्षिण कोरियाको विशाल प्रविधि कम्पनी सामसुङ समूहको हार ९गहना० मानिने सामसुङ इलेक्ट्रोनिक्सका वर्तमान कार्यकारी अध्यक्षलाई सन् २०२१ को अगष्टमा पेरोलमा रिहा गरिएको थियो ।
दक्षिण कोरियाका तत्कालीन राष्ट्रपतिले उहाँलाई आममाफी दिएको दुई महिनापछि सन् २०२२ को अक्टोबरमा उहाँ औपचारिक रूपमा कार्यकारी अध्यक्षमा नियुक्त हुनुभएको थियो । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै