
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बालबालिकालाई राम्रो शिक्षा दिनसके मात्र योग्य नागरिक बनाउन सकिने बताउनुभएको छ ।
श्रीपञ्चमीअर्थात् वसन्त पञ्चमीको अवसरमा शुभकामना दिनुहुँदै पूर्वराष्ट्रपति भण्डारीले देश र समाजका कर्णाधार बालबालिकाको उज्ज्वल भविष्यका लागि आवश्यक वातावरणसहित ज्ञान र सीपले परिपूर्ण बनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।
‘साना बालबालिकाको अक्षर आरम्भ गर्ने दिन पनि भएकाले उनीहरुले प्राप्त गर्ने ज्ञानले परिवार र समाजको चित्रण गर्दछ । बालबालिकालाई सही मार्गदर्शन गर्नु सबै अभिभावकको कर्तव्य हो’ भन्दै सामाजिक सञ्जाल एक्समार्फत उहाँले विद्याकी देवी सरस्वती माताको पूजा गर्ने दिन र ऋतुहरुमध्ये उत्तम मानिने वसन्त ऋतुको सुरुआत हुने दिनमा सबैलाई शुभकामना दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै