
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका सामुदायिक विद्यालयका विद्यार्थीलाई पोशाक वितरण गरिएको छ ।
यहाँका विद्यालयबीच एक रुपता ल्याउने लक्ष्यले विद्यार्थीलाई पोशाक (ट्रयाक सुट) वितरण गरिएको हो । पौवादुङमा– ५ सानोदुम्माका छवटा विद्यालयका ४सय ४४ विद्यार्थीलाई पोशाक वितरण गरिने छ ।
सानोदुम्मा माध्यमिक विद्यालयमा एक सय ७० थान र जाल्पा प्राथमिक विद्यालयमा १९ थान पोशाक वितरण गरिएको वडा कार्यालयले जनाएको छ । पोशाक आइसकेकाले माघ २३ गतेभित्र वडाका सबै विद्यालयमा वितरण गरिसक्ने वडाध्यक्ष बोमप्रसाद राईले बताउनुभयो ।
महादेवी आधारभूत विद्यालय, बालकल्याण आधारभूत विद्यालय, पूर्व क्षितिज प्राथमिक विद्यालय र सुन्दरज्योति प्राथमिक विद्यालयमा दुई दिनभित्र वितरण भइसक्ने उहाँको भनाइ छ । वडाले चार लाख रुपैयाँ बजेट विनियोजन गरेर पोशाक वितरण गरेको वडाध्यक्ष राईले जानकारी दिनुभयो ।
‘पठनपाठनमा सहजतासँगै वडाभित्रका विद्यालयबीच एक रुपता ल्याउनको लागि पोशाक वितरण गरिरहेका छौँ’ वडाध्यक्ष राईले भन्नुभयो– ‘हालसम्म दुईवटा विद्यालयमा वितरण गरिसकेका छौँ । माघ २३ गतेभित्र सबै विद्यालयमा वितरण गरिसक्छौँ । यसले विद्यार्थीको सरसफाइ तथा खेलकुद प्रतियोगितामा सहभागिताका लागिसमेत सहजता थप्ने हामीले अपेक्षा लिएका छौँ ।’
सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि स्थानीय सरकारले यहाँको आवश्यकताको आधारमा काम अघि बढाएको उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो । सामुदायिक विद्यालय केन्द्रित यस्ता कार्यक्रमले विद्यार्थीमा पठनपाठनप्रति थप उत्प्रेरणा बढ्ने उहाँको भनाइ छ ।
गाउँपालिकाभित्रका सबै ३२ नै विद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि विभिन्न खालका प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो । समाज सुधारको मुख्य सूचक शिक्षा रहेकाले यहाँका सामुदायिक विद्यालय भौतिक विकाससँगै शैक्षिक सुधारमा योजनावद्ध रुपमा गाउँपालिकाले काम गरिरहेको उहाँको भनाइ छ ।
‘समाज सुधारको मेरुदण्ड नै शिक्षा हो’ अध्यक्ष राईले भन्नुभयो– ‘हामीले नैतिकवान शैक्षिक जनशक्ति उत्पादनमा ध्यान दिन आवश्यक छ । यहाँको शैक्षिक क्षेत्रको विकासका लागि गाउँपालिकाले योजनवद्ध रुपमा काम गरिरहेको छ । विद्यालयको भौतिक निर्माणसँगै विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन भइरहेका छन् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै