
तुलसीपुर । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश स्थापना दिवसको शुभकामना दिनुभएको छ । प्रदेश स्थापना दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले प्रदेशमा देखिने, अनुभव गर्न सकिने र नागरिकको दैनिक जीवनसँग जोडिने काममा सफल भएको बताउनुभएको छ ।
लुम्बिनी प्रदेशको आफ्नै प्रशासनिक संरचना, विकास ढाँचा, जनअपेक्षा पूरा गर्न सक्षम हुने कुरामा विश्वास रहेको उहाँको भनाइ छ । प्रदेश सरकारले नागरिकको विकासप्रतिको तीव्र आकाङ्क्षा पूरा गर्न, बनेका ऐन नियम तथा कानुनको पूर्ण कार्यान्वयन गर्न, प्रदेशको दिगोपनालगायत साझा सरोकारका मुद्दामा सबैसँग समन्वय र सहकार्यको माध्यमबाट अघि बढ्न चाहेको उहाँले बताउनुभयो । राजनीतिक अस्थितरताको अन्त्य गरी समृद्ध लुम्बिनी, खुशी नागरिकको लक्ष्य हासिल गर्न सरकार प्रतिबद्ध रहेको आचार्यको भनाइ छ ।
प्रदेश सरकारले प्रदेश स्थापना दिवसलाई उत्सवका रूपमा मनाउँदैछ । आज आठौँ स्थापना दिवस उत्सवको रूपमा मनाउन थालेको हो । प्रदेशसभा सचिवालय परिसरमा मूल समारोहको आयोजना गरिँदैछ । प्रदेश प्रमुखको विशेष उपस्थितिमा मूलसमारोह आयोजना गर्न थालिएको हो । बाजागाजासहित झाँकी प्रदर्शन, विभिन्न मन्त्रालयका स्टलसमेत राखिने छन् ।
प्रदेश स्थापना दिवसमा लुम्बिनी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदासमेत दिएको छ । लुम्बिनीले हरेक वर्ष माघ २१ लाई प्रदेशसभा स्थापना दिवस र फागुन ३ गतेलाई सरकार स्थापना दिवसको रूपमा मनाउँदै आएको छ ।
प्रदेश सरकारले दुई वटा दिवसलाई एकैदिन मनाउने गरी माघ २१ लाई प्रदेश स्थापना दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । त्यही निर्णयको आधारमा माघ २१ लाई प्रदेश स्थापना दिवसका रूपमा मनाउन थालिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै