+

शासन कायम गर्न अध्यादेश : मन्त्री गुरुङ

लमजुङ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकमा सुशासन कायम गर्न सरकारले अध्यादेश ल्याएको बताउनुभएको छ । 


आज मध्यनेपाल नगरपालिका–३ सोतीपसलस्थित मङ्गला माध्यमिक विद्यालयको हीरक जयन्ती कार्यक्रम उहाँले सुशासन बिना विकास नहुने भएकाले सरकारले अध्यादेशमार्फत १३ वटा कानुन संशोधन गरिएको बताउनुभयो ।

सरकारका प्रवक्ता समेत रहनुभएका गुरुङले संविधान संशोधन राष्ट्रिय सहमतिमा मात्रै हुने बताउनुभयो । यद्यपि सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशिता भने परिवर्तन नहुने उल्लेख गर्नुभयो ।

उहाँले राजनीतिक स्थिरता र संविधान रक्षाका लागि कांग्रेस र एमाले मिलेर वर्तमान सरकार बनेको बताउनुभयो । ‘मुलुकलाई आवश्यक पर्दा जहिले पनि कांग्रेस र एमाले मिल्दै आएका छन्, अहिले पनि त्यही आवश्यकताका आधारमा मिलेका छन्’ उहाँले भन्नुभयो । उहाँले पञ्चायतकालदेखि गणतन्त्र स्थापनासम्ममा दुवै राजनीतिक दल मिलेको स्मरण गर्नुभयो । 

साथै सहकारी ठगीविरुद्ध सरकार कडा तरिकाले प्रस्तुत भएको उहाँको भनाइ छ ।

त्यसअवसरमा नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य जमिन्द्रमान लगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै