
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञ सभाका पूर्वसदस्य एवं प्रजातन्त्र सेनानी भगवती सिंहको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
सभापति देउवाका तर्फबाट पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी रुपन्देहीका सिंहको निधनप्रति दुःख व्यक्त गर्नुभएको हो । सभापति देउवाले स्व सिंहप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिको कामना साथ शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नातर्फबाट गहिरो समवेदना प्रकट गर्नुभएको छ ।
रूपन्देही जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्ब्र १ रोहिणी गाउँपालिका–७ निवासी सिंह विसं १९९० मा जन्मनुभएको हो । स्व सिंह विसं २०३९, २०४४, २०४९ र २०५४ को स्थानीय तहको निर्वाचनमा साविक पजरकट्टी गाविसको अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
विसं २०५४ देखि २०५६ सम्म उहाँ रूपन्देही निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय सभापति हुनुहुन्थ्यो । नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालमा प्रजातन्त्र स्थापना र पुनः स्थापनाका आन्दोलन तथा सङ्घर्षमा उहाँले सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।
उहाँको निधनबाट नेपाली कांग्रेसले एक अग्रज र अनुभवी व्यक्तित्वलाई गुमाएको कांग्रेसले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव