
धनुषा। चौतर्फी विरोधपछि मधेश सरकारले भाषासम्बन्धी विधेयक फिर्ता लिएको छ । मधेश सरकारले भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ फिर्ता लिएको हो ।
मधेश शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले शुक्रबार प्रदेश सभामा बोल्दै विधेयकको फिर्ता लिने प्रस्ताव गर्नुभएको छ । मन्त्री तिवारीले विधेयकमा त्रुटि भए त्यसलाई सदनबाटै सच्याउने अधिकार भएको उल्लेख गर्नुभयो । ‘वास्तवमा विधेयकमा ल्याउँदा त्रुटि भयो, मैले थारू भाषा पनि समेट्नु पर्थ्यो भन्ने महशुस गरेकी छु’ उहाँले प्रदेश सभामा भन्नुभयो – ‘तर कानुन मन्त्रालयले यसमा समेटेर पाठाइदिए अझ राम्रो हुन्थ्यो। अब विधेयकमा त्रुटि भएका चिज सच्याएर विधेयक पुनस् सदनमा प्रस्तुत गर्नेछु। ‘
मन्त्री तिवारीले यसअघि बुधबार सदनमा विधेयक प्रस्तुत गर्नुभएको थियो । विधेयकमा नेपालीका अतिरिक्त मैथिली भोजपुरी बज्जिका, हिन्दी र अङ्ग्रेजीलाई सरकारी कामकाजी भाषा बनाउने उल्लेख गरिएको छ। विधेयकमाथि छलफल अगाडि नबढ्दै सत्ता र प्रतिपक्षका सांसदहरूले बिहीबार सदनमा विरोध जनाए । प्रदेश सरकारले त्यसपछि बाध्य भएर विधेयक फिर्ता निर्णय गरेको हो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध