
काठमाडौँ । उपराष्ट्रपति रामसहाय यादवले पछिल्लो समय राष्ट्रिय समाचार समिति (रासस) ले सत्य, तथ्य र विश्वसनीय समाचार सम्प्रेषण गरी लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र जनताको सुसूचित हुने अधिकारलाई सुनिश्चित गर्न पु¥याएको योगदानको प्रशंसा गर्नुभएको छ ।
उपराष्ट्रपति यादवले आज उपराष्ट्रपतिको कार्यालयमा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झासमेतको टोलीसँगको भेटघाटका अवसरमा राससले समाचार विविधीकरणमा गरेका प्रयासहरुका बारेमा आफू जानकार रहेको र आगामी दिनमा पनि यसलाई अझ बढाउँदै लैजान सकिने धारणा व्यक्त गर्नुभयो ।
भेटमा कार्यकारी अध्यक्ष झाले पछिल्लो समय राससले चौबिसै घण्टा समाचार सम्प्रेषण गर्नुको साथै विभिन्न मातृभाषामा समाचार सम्प्रेषण, श्रव्यदृश्य र विचार सेवा सञ्चालन गरी समाचारमा विविधीकरण एवं संस्थागत सुदृढीकरणमा जोड दिएको बताउनुभयो ।
त्यस अवसरमा महाप्रबन्धक सिद्धराज राई र सञ्चालक समिति सदस्य एवं आलेख शाखा प्रमुख कृष्ण अधिकारी पनि सहभागी हुनुहुन्थ्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव