
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा विषयगत समितिमा दफावार छलफल भई स्वीकृत गरिएको ‘सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक’को प्रतिवेदन पेश गरिएको छ ।
सामाजिक विकास समितिका ज्येष्ठ सदस्य शिवराज भट्टले त्यो प्रतिवेदन पेश गर्नुभएको थियो । संशोधन गरिएको विधेयकमा प्रतिष्ठानको प्राज्ञसभाको सङ्ख्या साविकको भन्दा थप गरिएको छ । यसैगरी प्रतिष्ठानको कूलपति मुख्यमन्त्री र सहकूलपति सामाजिक विकासमन्त्री रहने साबिकको व्यवस्थालाई प्रतिस्थापन गर्दै प्राज्ञ व्यक्तिलाई नै कूलपति र उपकूलपति नियुक्त गनुपर्ने व्यवस्था गरिएको छ ।
मुख्यमन्त्रीलाई प्रज्ञा प्रतिष्ठानको प्रमुख संरक्षक र सामाजिक विकासमन्त्रीलाई संरक्षक रहने व्यवस्था संशोधित विधेयकमा गरिएको छ । बैठकमा सार्वजनिक लेखा समितिका ज्येष्ठ सदस्य विक्रमसिंह धामीले सार्वजनिक लेखा समितिको दोस्रो प्रतिवेदन २०८१ सम्बन्धी प्रतिवेदन पेश गर्नुभएको थियो ।
बैठकको प्रारम्भमा सभामुखबाट समय लिएर प्रदेशसभा सदस्य नरेशकुमार शाहीले पुस महिनामा गएको भूकम्पका कारण बाजुरालगायतका जिल्लामा प्रभावित परिवारलाई सरकारबाट राहत सहयोग उपलब्ध नभएकाले तत्काल राहत उपलब्ध गराउन ध्यानाकर्षण गराउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध