
काठमाडौँ। प्रधानमन्त्री ओली अस्वस्थ हुनुभएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार उहाँलाई घाटी दुख्ने समस्या भएको छ ।
प्रधानमन्त्री बालुवाटार निवासमै आराम गरिरहनु भएको छ । प्रधानमन्त्री अस्वस्थ भएपछि उहाँको बुधवार निर्धारित सबै कार्यक्रम रद्ध गरिएको छ ।
नेकपा एमालेका अध्यक्ष समेत रहनुभएका ओली अस्वस्थ भएपछि पूर्वउपप्रधानमन्त्री वामदेव गौतमलाई आज दिउँसो ४ बजे पार्टीमा भित्र्याउनको लागि तय गरिएको कार्यक्रम समेत स्थगित भएको छ ।
अस्वस्थ भएकाकै कारण प्रधानमन्त्री सशस्त्र प्रहरी बलको हल्चोकस्थित मुख्यालयमा आज आयोजना भएको कार्यक्रममा समेत उपस्थित हुन सक्नुभएन । सशस्त्रको वर्षेनी आयोजना हुने यस्तो समारोहमा प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री जाने प्रचलन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध