
ललितपुर। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेताहरूले नयाँ राजनीतिक शक्तिहरूबीच ध्रुवीकरणको आवश्यकता औँल्याएका छन् । पार्टीको ललितपुर महानगर भेलामा आज नेताहरूले समाज परिवर्तनका लागि भनेर स्थापना भएका नयाँ राजनीतिक शक्तिहरू साझा उद्देश्य पूर्तिका लागि एकठाउँमा आउनुपर्ने आवश्यकता औँल्याएका हुन् ।
पार्टीका केन्द्रीय सचिवालय सदस्य दुर्गा शोबले समाजमा रहेको यथास्थितिवादी सोचलाई परिवर्तन गर्दै आधुनिक र समुन्नत समाज निर्माणका काम गर्नुपर्नेमा जोड दिनुभयो । यसमा जनप्रतिनिधिको भूमिका अझ बढी रहेको उहाँको भनाइ थियो । “जुन पार्टीबाट जितेको भए पनि जनताको प्रतिनिधि हो, उनीहरूले सबैका लागि काम गर्नुपर्छ । हाम्रो पार्टीका नेता तथा कार्यकर्ताहरूले गलत कुराको विरोध र खबरदारी गर्नुपर्छ”, शोबले भन्नुभयो ।
केन्द्रीय सङ्गठन विभाग प्रमुख सोनामसिं स्याङ्तानले वैकल्पिक राजनीतिक शक्तिहरूबीच समन्वय र एकताका आधारमा शक्ति सन्तुलन कायम गर्नुपर्नेमा जोड दिनुभयो । केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य दलबहादुर (डिबी) लिम्बूले समाजवाद उन्मुख समृद्धिको अभियानका लागि राजनीतिक अभियान अगाडि बढाउनुपर्ने बताउनुभयो ।
केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य अमृत पुरीले विचारलाई संश्लेषण गरेर जनतामा पु¥याउन र वैकल्पिक राजनीतिक शक्तिलाई संस्थागत गर्न समूहगत रूपमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य जनक थापा, जिल्ला समन्वय समितिका संयोजक कृष्ण महर्जन, मजदुर सङ्गठनका इन्चार्ज तथा गोदावरी नगरपालिकाका संयोजक कृष्णमुरारी ढकाललगायतले सम्बोधन गर्नुभएको थियो ।
भेलाले मदन महर्जनको संयोजकत्वमा ३५ सदस्यीय महानगर समिति गठन गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै