
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि अनुदानसम्बन्धी विवरण आज सार्वजनिक गर्दैछ ।
सिंहदरबारस्थित मन्त्रालयको सभाहलमा दिउँसो पत्रकार सम्मेलनमार्फत मन्त्रालयअन्तर्गत यसअघि वितरण भएको अनुदानको विवरण सार्वजनिक हुने जनाइएको छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पदबहाली गरेका दिन मन्त्रालयअन्तर्गत यसअघि वितरण भएको कृषि अनुदान विवरण सार्वजानिक गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
उहाँले भन्नुभयो– ‘गरिब, विपन्न किसानले कृषि अनुदान प्राप्त सकुन् भन्ने मेरो ध्येय हो । कृषि अनुदान वितरणमा जनगुनासो आएको सुनिएको हुँदा यसलाई अझ पारदर्शी बनाउनु जरुरी छ । यसैका लागि मन्त्रालयअन्तर्गत यसअघि वितरण भएको अनुदानको विवरण सार्वजनिक गर्न लागिएको हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो