
गण्डकी । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यथाशीघ्र नियमित उडान शुरु हुने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट केही महिनाभित्र नियमित उडान शुरु हुने बताउनुभएको छ । ‘सुनौलो नेपाल अनलाइन प्राइभेट लिमिटेड’द्वारा आज पोखरामा आयोजित ‘गण्डकीको पर्यटन र अर्थतन्त्रको उडान’ विषयक अन्तरसंवाद कार्यक्रममा उहाँले राष्ट्रिय ध्वजाबाहक हिमालयन एयरलाइन्सले पोखरा–ल्वासा उडानको तयारी गरिरहेको बताउनुभयो ।
‘हिमालयन एयरलाइन्सले केही महिनाभित्रै उडान शुरु गर्दैछ, त्यसका लागि स्वीकृति लिने प्रक्रिया अन्तिम चरणमा पुगको छ, नेपाल एयरलाइन्सलाई पनि अन्यत्रको उडान कटौती गरेर भएपनि पोखराबाट अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्न सरकारले अनुरोध गरिरहेको छ’ मन्त्री पाण्डेले भन्नुभयो । भारतसहित अन्य मुलुकमा पनि पोखराबाट अन्तर्राष्ट्रिय उडान सेवा शुरु गर्न सरकारले पहल गरिरहेको उहाँले बताउनुभयो ।
हालै भारतका नागरिक उड्डयनमन्त्री र चीनका राजदूतसँग भएको भेटघाटमा पनि त्यस विषयमा गम्भीरताका साथ छलफल गरिएको पाण्डेले जानकारी दिनुभयो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य उज्ज्वल रहेको उल्लेख गर्दै उहाँले विमानस्थल सञ्चालन हुन सक्दैन भनेर निराशा बाँड्न नहुने धारणा राख्नुभयो ।
‘पचासौँ वर्षलाई हेरेर विमानस्थल निर्माण गरिएको हो, निराश हुनुपर्ने कुनै कारण छैन, विमानस्थल सञ्चालन गर्न सम्भव छ र हुन्छ’ मन्त्री पाण्डेले भन्नुभयो– पोखरा मुलुकको पर्यटकीय केन्द्र भएकाले विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय हुँदा अर्थतन्त्र सबल हुनुका साथै पर्यटन प्रवर्द्धन हुने अपेक्षा लिएका छौँ ।’
चीनका विभिन्न गन्तव्यबाट चार्टर उडान भएपछि विमानस्थलको प्राविधिक पक्षलाई लिएर गरिएका आशङ्का पनि हटेको उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बाथरुममा लडेर प्रचण्ड घाइते
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल