
मोरङ। निर्वाचन आयोगका आयुक्त डा जानकीकुमारी तुलाधरले निर्वाचन मिति कानुनमै तोकिने गरी संशोधन प्रक्रिया अघि बढेको बताउनुभएको छ । निर्वाचन आयोग नेपालद्वारा आज विराटनगरमा आयोजित स्थानीय तह उपनिर्वाचन २०८१ को समीक्षा कार्यक्रममा उहाँले निर्वाचनको मिति कानुनमा उल्लेख भएमा समयमा निर्वाचन सम्पन्न हुने बताउनुभयो ।
आयुक्त डा तुलाधरले आगामी निर्वाचन २०८४ लाई लक्षित गरी आयोगले कानुन संशोधन प्रक्रियाअघि बढाएको जानकारी दिनुभयो । विधेयकको मस्यौदालाई गृह मन्त्रालयले सहमतिका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइसकेकाले संसदको आगामी अधिवेशनमा सूचीकरणमा परेको जानकारी आफूले प्राप्त गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “निर्वाचन आयोगले राष्ट्रपतिदेखि वडा तहसम्मको निर्वाचन गराउनुपर्ने दायित्व भएकाले निर्वाचन कानुन संशोधन गरेर व्यवस्थित गर्न लागिएको हो ।” आयोगले महिलाको प्रतिनिधित्व बढाउने खालको व्यवस्था गर्न लागेको जानकारी दिनुभयो ।
समीक्षा कार्यक्रममा ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले जनप्रतिनिधिहरुले जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिनुभयो । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले निर्वाचन खर्चलाई ध्यान दिएर निर्वाचन कानुन संशोधन आवश्यक रहेको सुझाव दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो