
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं र उनका सहयोगी हरिचन्द्र फुयाल धरौटीमा रिहा भएका छन् । नेपाल राष्ट्र बैंकका उच्च अधिकृतहरू र व्यवसायीलाई धम्की दिएको आरोपमा पक्राउ परेका प्रसाईं र फुयाँल धरौटीमा आज रिहा भएका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) का प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो ।
उहाँको थुनछेक बहसपछि न्यायाधीश ठाकुरप्रसाद खरेलले धरौटी माग गर्ने आदेश गर्नुभएको हो । प्रसाईंका साथै नवीन प्रधान भन्ने हरिचन्द्र फुँयाल र रामचन्द्र मैनालीलाई पनि प्रतिवादी कायम गरिएको थियो।
प्रसाईंसमेत तीनैजनाविरुद्ध संगठित रूपमा आपराधिक लाभ लिएको कसुरमा मुद्दा चलाइएको हो। २४ पुसमा केन्द्रीय अनुसन्धान ब्युरोको प्रतिवेदनअनुसार जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको थियो।
नेपाल राष्ट्र बैंकका महाप्रसाद अधिकारीलाई धम्क्याएकोसमेत भेटिएपछि प्रसाईंविरुद्ध यो कसुरमा पनि मुद्दा चलेको हो। यसअघि व्यवसायीहरू पवन गोल्यान र दीपेन्द्र अग्रवालले समेत प्रसाईंविरुद्ध उजुरी दिएका थिए। प्रसाईंमाथि साइबर अपराधका मुद्दासमेत जिल्ला अदालतमा विचाराधीन छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो