
मोरङ । मोरङको धनपालथान गाउँपालिकामा रहेको उमागौरी कृषि सहकारी संस्थाको ठगी कसुरकी प्रतिवादी अन्जला कोइराला धरौटी तारेखमा रिहा हुनुभएको छ ।
सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी एवं सहकारीकी पूर्वसञ्चालक समिति सदस्य अन्जला बुधबार मोरङ जिल्ला अदालतमा हाजिर हुनुभएको थियो । अदालतमा दिएको बयानपछि भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले उहाँलाई बाहिरै बसेर पुर्पक्ष गर्न पाउने गरी १० लाख धरौटीमा छाड्न आदेश दिएको हो।
सहकारी ठगी कसुरमा प्रहरीको प्रतिवेदनअनुसार सरकारी वकिलको कार्यालय मोरङले जिल्ला अदालतमा मुद्दा दर्ता गराएपछि विराटनगरस्थित विराट रात्रि माविकी शिक्षिकासमेत रहेकी अन्जला फरार हुनुहुन्थ्यो ।
२७ मंसिरमा २६ जनाविरुद्ध २२ करोड ४८ लाख २७ हजार सात सय रुपैयाँ बिगो दाबी गर्दै सहकारीको रकम हिनामिना कसुरमा मुद्दा दर्ता भएको थियो। उक्त मुद्दामा एकजना वर्तमान सञ्चालक रोशन राजवंशी पुर्पक्षका लागि थुनामा गएका छन् भने पूर्ववडाध्यक्ष सन्तलाल खवास पाँच लाख धरौटीमा छाडिएका छन्।
उक्त मुद्दामा अझै २३ जना फरार छन्। प्रहरीले अध्यक्ष शम्भु रौनियारसहित २५ जनाविरुद्ध नै अदालतबाट पक्राउ पुर्जी लिएको थियो। तर, हालसम्म प्रहरीले अरु कोही पनि पक्राउ गरेको छैन ।
पुर्पक्षमा गएका राजवंशी पनि आफूलाई पीडित बताउँदै सहयोग गर्छु भन्दै प्रहरीमा आफैँ हाजिर भएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो