
कास्की । पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जोडिएका र प्रहरी हिरासतमा रहेका सातजना प्रतिवादीको कास्की जिल्ला अदालतमा जारी थुनछेक बहस बुधबार सकिएको छ।
यसअघि जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले ४४ जनाविरुद्ध ७ पुसमा अदालतमा अभियोग–पत्र दर्ता गरेपछि ८ पुसबाट शुरु भएको बयान १६ पुसमा सकिएसँगै सोही दिनबाट प्रहरी हिरासतमा रहेका सातजनाको थुनछेक बहस शुरु भएको थियो।
शुरुमा सरकारी वकिल कार्यालय, त्यसपछि जाहेरीवाला र अन्तिममा प्रतिवादी पक्षका कानुन व्यवसायीहरूले क्रमशः बहस गरेका थिए। प्रतिवादीहरूको बहस बुधबार सकिएको हो।
जाहेरीवाला पक्षको जवाफी बहसपछि सरकारी वकिल कार्यालयको तर्फबाट बिहीबार जवाफी बहस हुनेछ। अदालत स्रोतका अनुसार सरकारी वकिल कार्यालयको जवाफी बहस बिहीबार सकिए सम्भव भए बिहीबारै नभएर शुक्रबारसम्ममा थुनछेकको आदेश आउनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो