
काठमाडौँ । बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष खालिदा जिया उपचारका लागि मङ्गलबार साँझ लण्डन प्रस्थान गर्नुभएको छ ।
ढाका ट्रिब्युनका अनुसार राति ११ः४६ बजे उहाँ हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारका अमिरले पठाएको विशेष रोयल एयर एम्बुलेन्समा लण्डन प्रस्थान गर्नुभएको हो ।
राति ८ बजे आफ्नो गुलशन निवासबाट उपचारका लागि लण्डनतर्फ निस्कनुभएका ७९ वर्षीय जिया कलेजो सिरोसिस, मुटुरोग, मृगौलालगायत विभिन्न स्वास्थ्य समस्याबाट पीडित हुनुहुन्छ । उहाँलाई उपचारका लागि लण्डनक्लिनिकमा भर्ना गरिने बताइएको छ ।
जियाका साथमा उहाँका चिकित्सक, परिवारका सदस्य र सहयोगीहरू थिए भने कतार सरकारका डाक्टरहरूको टोली पनि विमानमा सवार भएको थियो । जियालाई लण्डन लैजान कतारको रोयल एयर एम्बुलेन्स सोमबार साँझ ७ः४० बजे ढाका आइपुगेको थियो ।
जियालाई लण्डन लैजाने तयारी भएको सूचनासँगै उहाँले प्रस्थान गर्नुअघि ठूलो सङ्ख्यामा बीएनपी नेता र कार्यकर्ताहरू गुलशनस्थित जियाकोे निवास फिरोजा नजिकै भेला भएका थिए। बीएनपीका महासचिव मिर्जा फखरुल इस्लाम आलमगीर साँझ सवा ६ बजे फिरोजामा पुग्नुभएको थियो भने उहाँले भेला भएका समर्थक र शुभेच्छुकलाई व्यवस्थित रहन र सडक खाली राख्न आग्रह गर्नुभएको थियो ।
लण्डन भ्रमणलाई बीएनपीका वरिष्ठ नेताहरूले राजनीतिक यात्राभन्दा पनि चिकित्सकीय भ्रमणको रूपमा व्याख्या गरेका छन्। खालिदा जियाले राम्रो स्वास्थ्य सेवा प्राप्त गर्नु र लामो समयपछि आफ्नो परिवारसँग पुनर्मिलन गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको उनीहरूले बताए ।
ढाका ट्रिब्यूनका अनुसार बीएनपीका स्थायी समिति सदस्य तथा वरिष्ठ नेता इकबाल हसन महमुदले बिएनपी नेतृ तथा बङ्गलादेशका पूर्वप्रधानमन्त्री खालिदा जिया आफ्नो उपचारपछि स्वस्थ भई फर्कने र पार्टी र देशको नेतृत्व गरिरहन तयार हुने आशा व्यक्त गर्नुभएको छ ।
नेता महमुदले जियाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै भन्नुभयो– ‘उहाँ हामीकहाँ स्वस्थ भएर फर्कनुहुनेछ पार्टीको नेतृत्व सम्हाल्नुहुनेछ । हामी सबै उहाँको सशुस्वास्थ्यको प्रार्थना गर्दछौँ ।’ एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो