
रुकुम । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका पछिल्लो समय व्यावसायिक सुन्तलाखेती गर्ने किसानको सङ्ख्या बढेको छ ।
पालिकाभर एक सय तीन किसानले व्यावसायिक सुन्तलाखेती गर्दै आएका छन् । पालिकामा यस वर्ष किसानले एक सय ९४ मेट्रिक टन सुन्तला उत्पादन गरेको त्रिवेणी गाउँपालिका कृषि शाखा प्रमुख रमेश पुनले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँबाटै प्रतिकिलो ५२ रुपैयाँका दरले सुन्तला बिक्री भएको छ ।
उहाँका अनुसार पालिकावासीले यस वर्ष सुन्तला बिक्रीबाट १ करोड १ लाख ८ हजार ८ रुपैयाँ सय आम्दानी गरेका छन् । केही स्थानमा सुन्तला बिक्री हुन बाँकी रहे पनि अधिकांश किसानले सुन्तला बिक्री गरिसकेको छन् । व्यावसायिक सुन्तलाखेती गर्ने एक सय तीन जना किसानमध्ये २२ जना किसानको सुन्तला असिनाले क्षति पुर्याएको थियो । असिनाले क्षति नपुर्याएका ठाउँमा भने किसानले सुन्तलाबाट राम्रो मनग्य गरेका छन् ।
व्यावसायिक सुन्तलाखेती गर्ने प्रत्येक किसानले चार रोपनी क्षेत्रफलभन्दा बढी जग्गामा सुन्तलाखेती गर्दै आइरहेका छन् । एक रोपनी क्षेत्रफलमा छ क्विन्टलसम्म सुन्तला उत्पादन हुने गरेको कृषि शाखा प्रमुख पुनले जानकारी दिनुभयो । पालिकाभर तीन सय २४ रोपनी अर्थात् १६ दशमलव दुई हेक्टरमा सुन्तलाखेती भइरहेको छ । व्यावसायिक रूपमा पालिकाको वडा नम्बर १, ४, ५, ६ र ७ का किसानले सुन्तला उत्पादन गर्दै आएका छन् ।
सुन्तलाखेतीबाट गत वर्षभन्दा यस वर्ष राम्रो आम्दानी भएको त्रिवेणी –४ जुगेपानीका ५२ वर्षीय किसान चन्द्रबहादुर खड्काले बताउनुभयो । यो सिजनमा सुन्तला बिक्रीबाट सात लाख ८३ हजार रुपैयाँ आम्दानी गरेको खड्काको भनाइ छ । ‘सुन्तला बिक्री गर्न समस्या छैन, खरिद गर्न व्यापारी घरमै पुग्छन्, घरबाटै सात लाख ८३ हजार रुपैयाँको सुन्तला बेचेँ’ खड्काले भन्नुभयो ।
प्रतिकिलो ६२ रुपैयाँ का दरले घरबाटै सुन्तला बिक्री गरेको उहाँले बताउनुभयो । यसपटक एक सय ४२ क्विन्टल सुन्तला बिक्री गरेको उहाँले बताउनुभयो । यस वर्ष सुन्तला राम्रो उत्पादन भएको र मूल्य पनि राम्रै पाएको खड्काको भनाइ छ ।
अन्य खेती छाडेर उहाँले व्यावसायिक रूपमा सुन्तला र अलैँचीखेती गर्दै आउनभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो