
काठमाडौँ । फितलो व्यवस्थान, आर्थिक सङ्कटलगायत विविध समस्याले जेलिएको नेपाल वायुसेवा निगमलाई सपार्न करार व्यवस्थापनमा जानुपर्ने सुझाव सांसदहरूले दिनुभएको छ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा निगमको समस्या धेरै पुरानो भएकाले व्यवस्थापन परिवर्तन गरेर त्यसलाई सुधार्नुपर्ने उहाँहरूले बताउनुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आन्तरिक र अन्तर्राष्ट्रियरूपमा हवाई टिकटको मूल्यवृिद्ध नियन्त्रण गर्न निगमलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले त्यसका लागि मुलुकको आकाश सुरक्षित हुनुपर्ने तथा त्यसमा पर्यटन क्षेत्रमा आबद्ध सबैको सहयोग आवश्यक पर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो– ‘हवाईजहाज खरिद प्रकरणदेखि सञ्चालन र टिकट बिक्रीमा सुधार गर्न आवश्यक छ, त्यसका लागि हामी काम गरिरहेका छौँ’ मन्त्री पाण्डेले निगमका समस्या समाधानका लागि कार्यकारी अध्यक्षलाई सुधारको योजनाका साथ काम गर्न एक महिनाको अवधि दिइएको बताउनुभयो ।
समितिका सदस्य उदयशम्शेर जबराले निगमको समस्या २० वर्ष पुरानो र परम्परागत भएको उल्लेख गर्दै व्यवस्थापन परिवर्तन गरिनुपर्ने धारणा व्यक्त गर्नुभयो । व्यवस्थापन परिवर्तन नगरी निगममा सुधार गर्न कठिन हुने विचार व्यक्त गर्नुभयो । समितिका अर्का भीमप्रसाद आचार्यले निगमको व्यस्थापन प्रणाली परिवर्तन नगरिकन अरू परिवर्तन हुने अवस्थामा नभएको बताउनुभयो । यसको व्यस्थापन करारमा दिनुपर्छ ।
त्यसैगरी अर्की सदस्य सुनिता बरालले व्यवस्थापनसँगै खरिद प्रक्रियाको समस्या भए त्यो पनि सच्च्याउन जरूरी छ भन्नुभयो । सांसद शिशिर खनालले विमान खरिदमा भएको अनियमिताताको छानविन समितिले गर्नुपर्नेमा जोड दिनुभयो ।
सांसद एनपी साउदले निगममा व्यवस्थापकीय समस्या भएको बताउदै सुधारका लागि निजी क्षेत्रलाई व्यवस्थापकीय जिम्मेवारी दिनुपर्ने वा व्यस्थापन करारमा जानुपर्छ भन्नुभयो । सांसद योगेश गौचनले कार्यकारी प्रमुख बिना नै निगम सञ्चालन भइरहेको उल्लेख गर्दै निलम्बनमा परेको व्यक्तिबाट संस्थानको हित सुनिश्चित गर्न नसकिने तर्क गर्नुभयो ।
बैठकमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगम सञ्चालनको अवस्था र समस्याका बारेमा जानकारी गराउनुभएको थियोे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो