
काठमाडौँ । चीनको तिब्बत क्षेत्रमा भूकम्पबाट अहिलेसम्म ५३ जनाको मृत्यु भएको छ । भूकम्पबाट अहिलेसम्म ५३ जनाको मृत्यु भएको र ६२ जना घाइते भएको साउथ चाइना मर्निङ पोष्टले जनाको छ ।
चीनको राज्य नियन्त्रित मिडिया साउथ चाइना मर्निङ पोष्टका अनुसार तिब्बतका विभिन्न ठाउँमा भूकम्पको कारण ढलेका र भत्किएका घर तथा भौतिक संरचनाको भग्नावशेषमा फसेका छन् । राष्ट्रपति सी चिनफिङले भूकम्पमा परेकाहरुको खोजी र उद्धार गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । साउथ चाइना मर्निङ पोष्टले भूकम्पबाट त्यहाँ व्यापक क्षति भएको उल्लेख गरेको छ ।
भूकम्पबाट मनिङ पोष्टले लेखेको छ – ‘भूकम्पको केन्द्रविन्दु सिगाजे सहर नजिकैको टिंगरी काउन्टीमा रहेको जसलाई शिगात्से पनि भनिन्छ –चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ । तिब्बतका अधिकारीहरूले स्तर आपतकालीन प्रतिक्रियाको भागको रूपमा ३ सय भन्दा बढी उद्धारकर्ता र चिकित्सा कर्मचारीहरू पठाएका थिए, प्रसारणकर्ताले रिपोर्ट गरे।’
‘चिनियाँ राष्ट्रपति सी चिनफिङले खोज र उद्धारका लागि सबै प्रयास गर्न र क्षति न्यूनीकरण गर्न निर्देशन दिँदै प्रभावितलाई सुरक्षित र न्यानो राख्नुपर्ने र उचित रूपमा पुनर्वास गर्न निर्देशन दिनुभएको छ’ पोष्टमा उल्लेख गरिएको छ– नेपाल नजिकैको क्षेत्रका गाउँहरूले बिहान ९:०५ बजे भूकम्प गएपछि हजारौं घर भत्किएका वा भग्नावशेषमा फसेका मानिसहरू क्षतिग्रस्त भएको रिपोर्ट गरेका छन्, सीसीएन टीभीलेले अधिकारीहरूलाई उद्धृत गर्दै भन्यो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो