
भोजपुर । मनग्य आम्दानी हुने भएपछि सतुवाखेती यहाँका किसानका रोजाइमा परेको छ ।बहुउपयोगी मानिने जडीबुटी सतुवा खेतीमा यहाँका किसानको आर्कषण बढेको हो ।
यहाँका लेकाली भेगका अधिकांश किसानले यसको व्यावसायिक खेती थालेका छन् । अन्य बालीको खेतीको तुलनामा सतुवाबाट राम्रो आम्दानी हुने किसानहरु बताउँछन् । सतुवा विशेष गरेर सेपिलो भागमा फस्टाउने किसानको भनाइ छ । यसको खेतीका लागि चिस्यान, ओसिलो र मलिलो माटो तथा उत्तर–पश्चिम फर्किएको भूगोलमा उपयुक्त मानिन्छ ।
सबै पात सुरिलो डाँठको माथिल्लो भागबाट पलाएका हुन्छन् । एक हजार चार सय मिटर उचाइ भन्दामाथि पाइने यो जडीबुटी धेरै रोगको लागि उपयोगी मानिन्छ । सतुवा यार्सागुम्बा जस्तै शक्तिबद्र्धक हुने व्यवसायीले बताउने गरेका छन् । यसलाई क्यान्सर, ग्याष्टिक, पेट दुख्ने, पोलेको, काटेको घाउ, पाकेको घाउ, बान्ता वा पखाला लगायत रोगका लागि उपयोगी हुने बताइन्छ ।
त्यस्तै घाँटी दुखेको, सर्पले टोकेको र मानिसले विष सेवन गरेको बेलामा प्रयोग गर्न सकिने बहुउपयोगी जडीबुटी रहेको किसानको भनाइ छ । सतुवा अहिले प्रतिकिलो आठदेखि दश हजार रुपैयाँसम्म बिक्री हुने किसानको भनाइ छ । केही वर्ष अगाडिसम्म प्रतिकिलो २० हजार रुपैयाँसम्ममा बिक्री भएको भए पनि पछिल्लो समय मूल्यमा केही कमी आएको छ । तर पनि किसानले भने यसको खेती अझै विस्तार गरिरहेका छन् ।
सतुवा टुसाउने समय रहेको किसानको भनाइ छ । जमिन रहेको गानो माघ, फागुन महिनामा पुनःपलाउने गर्दछ । किसानले यसको गानो खनेर सुकाएपछि बिक्री वितरण गर्दै आएका छन् । बिरुवा रोपेको दुईदेखि तीन वर्षमा सतुवा फुल्छ । फुलेर दाना झरेपछि एउटै बोटबाट ५० देखि सयसम्म बिरुवा उत्पादन हुने किसानको भनाइ छ ।
यसको जमिनमुनिको गानो अदुवा जस्तै देखिन्छ । प्रायः एउटा बोटबाट एउटा मात्र डाँठ निस्कने भए पनि फस्टाएको बोटले धेरै वटासम्म ठाँड दिने गर्दछ । सतुवा खेतीबाट राम्रो आम्दानी लिन सकिने टेम्केमैयुङ गाउँपालिका किसान एकराज विष्टले बताउनुभयो । अघिल्ला वर्षको तुलनामा मूल्यमा केही गिरावट आए पनि किसानले भने खेती गर्न नछाडेको उहाँको भनाइ छ । आफूले लामो समय विदेशमा बिताएर आएर सतुवा खेतीमा लागेको उहाँको भनाइ छ ।
‘किसानहरुमा सतुवाखेतीमा आकर्षण बढेको छ” उहाँले भन्नुभयो,“गाउँघरमा प्रायः धेरैले यसको खेती गरिरहेका छन् । पछिल्लो समयमा मूल्यमा केही गिरावट आए पनि अन्य बालीको तुलनामा आम्दानी राम्रो छ । आफूले खान पनि सतुवालाई लाभदायक मानिन्छ ।’ विदेशमा भन्दा स्वदेशमा मेहनत गर्न सके यही राम्रो आम्दानी लिन सकिने विष्टको भनाइ छ । अहिले आफूले सतुवासँगै व्यावसायिक रुपमा किबी खेतीसमेत गरिरहेको विष्टले बताउनुभयो ।
सुतवा जिल्लाको टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा र वडा नम्बर ५ को माथिल्लो भेग, भोजपुर नगरपालिका–२ हेलौँछा, षडानन्द नगरपालिका–९ किमालुङ र वडा नम्बर– १० बोयाको माथिल्लो भेग र आमचोक गाउँपालिका–४ र साल्पासिलिछो गाउँपालिका–४ खाटम्मा लगायतमा किसानले व्यावसायिक खेती गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो