
काठमाडौँ । साता कारोबारको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ ।
नेप्से परिसूचक आइतबार ५ दशमलव ३२ अंकले बढेर २ हजार ५ सय ९१ दशमलव ५६ को बिन्दुमा कायम भएको हो ।
आज ३ सय २७ कम्पनीका ९३ लाख ८६ हजार सात सय २१ कित्ता शेयर, ६१ हजार एक सय ६७ पटक खरिदबिक्री हुँदा चार अर्ब ८६ करोड दुई लाख एक हजार ९ सय ७४ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा बैंकिङ शून्य दशमलव ५५, वित्त एक दशमलव ०४, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६०, लघुवित्त शून्य दशमलव १४ र म्युचुअल फन्ड शून्य दशमलव ७४ प्रतिशतले घटेको छ । अरु सबै समूहको उपसूचक बढेको छ । विकास बैंक शून्य दशमलव ०२, होटल तथा पर्यटन शून्य दशमलव ६०, जलविद्युत् एक दशमलव ६७ र लगानी समूह शून्य दशमलव ३९ प्रतिशतले बढेको छ । त्यस्तै, जीवन बीमा शून्य दशमलव २७, निर्जीवन बीमा शून्य दशमलव ०४, व्यापार एक दशमलव १४ र अन्य समूह शून्य दशमलव १० प्रतिशतले बढेको छ ।
तीन वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड, दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेड र ग्रीन भेन्चर्स लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको हो । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य आठ दशमलव ८८ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै जानकी फाइनान्स कम्पनी लिमिटेडको १९ करोड ९ लाख ५० हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै प्रभु बैंक लिमिटेडको तीन लाख ८३ हजार ५ सय ६ कित्ता शेयर किनबेच भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो