
दाङ । यो दृश्य शनिबार तुलसीपुर उपमहानगरपालिका–१२ ले आयोजना गरेको माघी विशेष सांस्कृतिक कार्यक्रमको हो ।
मञ्चमा पालैपालो मघौटा नाच चलिरहेको थियो । दर्शक पनि त्यसमा रमाइरहेका थिए । बूढापाकादेखि नयाँ पुस्ताले मघौटा नाच नाचिरहेका थिए । नयाँ पुस्ता केही नयाँ शैलीमा नाच्न खोज्दै थिए भने बूढापाका परम्परादेखि नाच्दै आएको मघौटा नाच नाचिरहेका थिए । त्यसमा मिसिएका थियो, सिङ्गारु, पैसेरी र मयुर नाच ।
यो दृश्य शनिबार तुलसीपुर उपमहानगरपालिका–१२ ले आयोजना गरेको माघी विशेष सांस्कृतिक कार्यक्रमको हो । वडाभित्रका विभिन्न टोल विकास संस्था तथा क्लबले यसमा सहभागिता जनाएका थिए । थारू संस्कार तथा संस्कृति संरक्षण गर्न यसरी माघी विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिएको वडाध्यक्ष खुसीराम चौधरीले बताउनुभयो ।
‘पछिल्लो समय नयाँ पुस्ताले थारू संस्कार, संस्कृति भुल्दै गएको भन्ने गुनासो आउने गरेको छ’ उहाँले भन्नुभयो– ‘यसलाई संरक्षण गर्न यो कार्यक्रम आयोजना गरेका हौँ । वडाले यसरी प्रत्येक वर्ष कार्यक्रम आयोजना गर्ने गरेको छ ।
कार्यक्रममा युवादेखि ज्येष्ठ नागरिकसम्मले भाग लिएका थिए । जसमा रजौराको नाच प्रथम, रजेनीको नाच द्वितीय र रझेनाको नाच तृतीय भएका छन् । अन्य नाचका सहभागीलाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो । यस्तै, झाँकीमा रझेनीको नाचले प्रथम पुरस्कार प्राप्त गर्न सफल भएको थियो । विभिन्न वेशभूषामा सजिएर थारू समुदाय सहभागी भएको थियो । जहाँ ढिक्री, अचार, घुँङी, बङ्गुरको मासुसमेतको व्यपस्था गरिएको थियो । जुन थारू समुदायको परिकार हो ।
त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले थारू समुदायले आफ्नो संस्कार, संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्न यस्ता कार्यक्रमले भूमिका खेल्ने बताउनुभयो । त्यस अवसरमा गुरुवा, सुडेनी, महतवा र महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको थियो । उहाँहरूले समाजमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।
कार्यक्रममा कलाकार दोषरण चौधरी र सङ्गीता चौधरीले आफ्नो प्रस्तुति प्रस्तुत गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो