
काठमाडौँ । काठमाडौँको पिंगलास्थानस्थीत वागमती होटलमा युवती मृत फेला परेको चार दिनपछि उनीसँगै होटल गएका युवकको पनि शव फेला परेको छ । शनिबार ओखलढुंगाको सुनकोशी गाउँपालिका–३ सिस्नेरीस्थित जंगलमा रुखमा झुण्डिएको अवस्थामा युवकको शव फेला परेको जिल्ला प्रशासन कार्यालय, ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी डा।नारायण ढकालले जानकारी दिनुभयो ।
मंगलबार कागेश्वरी मनोहरा–२ की २१ वर्षीया सुस्मिता खड्का र ओखलढुंगाका २३ वर्षका टेकबहादुर थापा उक्त होटलमा बास बसेका थिए । भोलिपल्ट अंग्रेजी नयाँ वर्षको दिन युवती खड्काको शव फेला परेको थियो भने युवक बेपत्ता थिए ।
युवकले बाहिरबाट होटलको ढोका लगाएर बेपत्ता भएपछि प्रहरीले हत्याको आशंका गरेर अनुसन्धान गरिरहेको थियो ।
होटल प्रशासनले दुवै जना बसेको ३०८ नम्बरको कोठाको ढोका बुधबार अबेरसम्म नखुलेपछि प्रहरीलाई खबर गरेको थियो । प्रहरी अधिकृत र स्थानीय जनप्रतिनिधिको उपस्थितिमा ढोका खोल्दा खड्का मृत फेला परेकी थिइन् ।
काठमाडौँ महानगरपालिका–९ का वडा सदस्य टेकराज अधिकारीका अनुसार मृत भेटिएकी खड्काको मुखबाट फिँज आएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न