
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय एकताको भावनालाई केन्द्रबिन्दुमा राखेर सुशासनका पक्षमा सबै एकताबद्ध हुन जरुरी रहेको बताउनुभएको छ ।
आज आयोजित नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भन्नुभयो– ‘अहिलेको युग सूचनाको युग हो । प्रविधिको विकासले यस क्षेत्रमा धेरै अवसर र चुनौती ल्याएको छ, त्यसतर्फ सञ्चारकर्मी सचेत हुन जरुरी छ ।’ अहिलेको युग सूचनाको युग भएकाले यसले ल्याएका अवसर र चुनौतीसँग सामना गर्ने कुरा सजिलो नभएको उहाँको भनाइ छ ।
निष्पक्ष पत्रकारिताका लागि खबरदारी गर्न अध्यक्ष दाहालले महासङ्घलाई आग्रह गर्नुभयो । भ्रष्टाचारका विषयमा एकअर्कालाई दोषारोपण गर्नुभन्दा निष्पक्षरुपमा छानविन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ‘इमानदारीताका साथ अनुसन्धान गर्नु जरुरी छ’ उहाँले भन्नुभयो ।
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले भ्रष्टाचार छानविन गर्न पूर्वप्रधानन्यायाधिशको संयोजकत्वमा शक्तिशाली समिति बनाउन आग्रह गर्नुभयो । ‘एउटाले अर्कोलाई दोष लगाउने काम राम्रो होइन । एउटा निश्चित मापदण्ड र निश्चित मानक बनाएर भ्रष्टाचार छानविनमा जोड दिनुपर्छ’ उहाँले भन्नुभयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता एवं संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले राजनीतिक नेतृत्वले समाजमा जहिले पनि सकारात्मक सन्देश सम्प्रेषण गर्नुपर्ने बताउनुभयो ।
‘हामी भुइँपुस्ताका युवाको एउटै आग्रह छ, राजनीतिक नेतृत्वले समाजमा जहिले पनि सकारात्मक सन्देशको सम्प्रेषण गर्नैपर्छ । त्यो सञ्चार गर्ने मुख्य सूचनाको स्रोत भनेको राजनीतिक नेतृत्व गर्ने राजनीतिक दलहरु पनि हो ।
त्यो ठाउँबाट हामीले ठीक ढङ्गको सन्देश सम्प्रेषण गर्ने प्रक्रिया आरम्भ गर्नुपर्छ’ उहाँले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो