+

चैत्रभित्रै क्रियाशील सदस्यता नवीकरण सक्न कांग्रेसको निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसले आगामी चैत्र मसान्तभित्रै क्रियाशील सदस्यता नवीकरण सम्पन्न गर्न निर्देशन दिएको छ।  


शुक्रबार बसेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले कार्यतालिका बनाएर आगामी चैत्रभित्र क्रियाशील सदस्यता नवीकरण सक्न मातहतका निकायहरुलाई निर्देशन दिएको हो ।


कांग्रेसका महामन्त्री गगन थापाको संयोजकत्वमा केन्द्रीय सदस्यहरु सिता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली सदस्य रहेको क्रियाशील सदस्यता व्यवस्थापन समिति छ । 
 
आसन्न १५औं महाधिवेशनका लागि नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको कामलाई तीव्रता दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै