
काठमाडौँ । सार्वजनिक लेखा समितिका सभापति एवं नेकपा एमालेका नेता ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेलविरुद्ध ठगी आरोपमा पक्राउ पुर्जी जारी भएको छ।
एमबिबिएसको प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै पोखरेलले सप्तरीका बहुलाल चौधरीबाट ३८ लाख रुपैयाँ लिएर ठगी गरेको आरोपमा पक्राउ पुर्जी जारी भएको हो।
प्रहरीले उजुरी लिन नमानेको भन्दै चौधरीले उच्च अदालत विराटनगरमा २०७९ सालमा मुद्दा दर्ता गर्नुभएको थियो । त्यही उजुरीका आधारमा उच्च अदालत विराटनगरले पोखरेलविरुद्ध उजुरी दर्ता गरी अनुसन्धान गर्न मोरङ प्रहरीलाई परमादेश दिएपछि पोखरेलको ठगीधन्दा सार्वजनिक भएको हो।
लेखा समितिका सभापति पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेलविरुद्ध ठगी आरोपमा पक्राउ पुर्जी जारी भएपछि सभापति पोखरेलले संसद सचिवालयलाई पत्र लेख्दै अनिललाई स्वकीय सचिवको जिम्मेवारीबाट हटाउनु भएको छ ।
स्वकीय सचिवको जिम्मेवारीबाट निष्कासनमा पर्नुभएका अनिल पोखरेल नेकपा एमाले मोरङ जिल्ला कमिटी सदस्य हुनुहुन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो