
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घेबीच भेटवार्ता भएको छ । उहाँहरुबीच आज प्रधानमन्त्री निवास, बालुवाटारमा भेटवार्ता भएको हो ।
भेटवार्तामा उहाँहरुबीच दुई देशबीचको आपसी सम्बन्ध र पारस्परिक हितका विविध पक्षमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रतिनिधिसभाका सदस्य एवं उद्योगपति विनोद चौधरी समेत सहभागी हुनुभएको छ ।
पुस १३ गते निजी भ्रमणमा नेपाल आउनुभएका श्रीलङ्काका पूर्वप्रधानमन्त्री समेत रहनुभएका विक्रमासिङ्घे आज स्वदेश फर्कँदै हुनुहुुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भियतनामकी उपराष्ट्रपति काठमाडौँमा
- आज १६०औँ मोती जयन्ती, योगदान स्मरण गरिँदै
- आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइयो
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल