
काठमाडौँ । प्रहरीले स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्नता देखिएका ४४ जनाविरुद्ध एक अर्ब १९ करोड रुपैयाँ मागदाबीसहित कानुनी कारबाही चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन तयार पारेको छ।
काठमाडौँ प्रहरी परिसरले स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा पाँच हजार ६६९ जनाले दुई अर्ब ६५ करोड ९५ लाख ५९ हजार रुपैयाँ बचत गरेकामा एक अर्ब १९ करोड अपचलन भएको अनुसन्धानबाट खुलेको र उक्त रकम अपचलनमा संलग्नता देखिएका ४४ जनालाई प्रतिवादी बनाई उनीहरूसँग सोहीबराबर बिगो मागदाबी गर्नुपर्ने रायसहितको प्रतिवेदन तयार पारेको हो।
काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउन लागेको बताउनुभयो । ‘स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको अनुसन्धान प्रतिवेदन बुधबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँलाई बुझाउन समय अपुग भयो, बिहीबार बुझाउनेछौं,’ एसपी अधिकारीले भन्नुभयो ।
उहाँका अनुसार अनुसन्धान प्रतिवेदनमा ४४ जनालाई प्रतिवादी कायम गरिएको छ। ४४ जनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसमेत रहेको प्रहरीले जनाएको छ।
काठमाडौँस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाबाट हर्बो इन्टरनेसनल प्रालि, गोर्खा मिडिया नेटवर्कसहित १२ वटा कम्पनीमा सहकारी ऐन नियमविपरीत ऋण प्रवाह भएको अनुसन्धानबाट खुलेको छ।
परिसरका प्रवक्ता एसपी अधिकारीका अनुसार स्वर्णलक्ष्मीबाट देवदीप एग्रिकल्चर, मन्दरा टुर्स एन्ड एक्सपिडिसन, गोर्खा हर्बल प्रोडक्सन, कुमकुम हर्बल उद्योग, न्यु सुलक्स अफसेट, गोरखा ग्रुप अफ कम्पनिज, सारेगामा रेकर्डस्, भगवती बालुवाखानीसहित १२ वटा कम्पनीमा ऋण प्रवाह भएको पाइएको छ।
गत कात्तिक २१ मा स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको लेखा समिति सदस्य सुनिता नेवा र २६ मा ऋण उपसमिति सदस्य कमल लामा पक्राउ परेका थिए। उक्त सहकारीको रकम अपचलनमा संलग्न जिबी राई, पूर्वडिआईजी छविलाल जोशी, दीपक लामा, कुमार रम्तेल, नवीन अछामीसहित ४४ जनालाई प्रतिवादी कायम गरी मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन प्रहरीले तयार पारेको छ। लामा जिबीका साढुभाइ हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भियतनामकी उपराष्ट्रपति काठमाडौँमा
- आज १६०औँ मोती जयन्ती, योगदान स्मरण गरिँदै
- आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइयो
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल