
काठमाडौँ । अमेरिकाको न्यु अर्लियन्समा नयाँ वर्ष मनाइरहेका मानिसहरूको भीडमा पिकअप ट्रक चलाइँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ। घटनामा दर्जनौं बढी घाइते भएको बीबीसीले जनाएको छ।
सहरको सबैभन्दा व्यस्त बोर्बोन स्ट्रिटमा हजारौं मानिसहरू उत्सव मनाइरहेका थिए। अचानक एउटा गाडी भीडलाई कुचल्दै अगाडि बढेको त्यहाँ उपस्थित मानिसकहरूले बताएका छन्।
यसपछि आक्रमणकारी पिकअप ट्रकबाट बाहिर आए र मानिसहरूमाथि गोली चलाउन थाले। जवाफी कारबाहीमा प्रहरीले पनि गोली चलाउँदा आक्रमणकारीको मृत्यु भएको थियो। भिडन्तमा दुई प्रहरी पनि घाइते भएका छन्।
आक्रमणकारीको पहिचान समसुद्दीन जब्बार (४२) रहेको छ। जब्बार टेक्सास राज्यका बासिन्दा र धेरै वर्षदेखि अमेरिकी सेनामा कार्यरत रहेको अनुसन्धान एजेन्सीहरूले बताएका छन्।
एबीसी न्युजले प्रहरी प्रवक्तालाई उद्धृत गर्दै यो हमला जानाजानी गरिएको जस्तो देखिएको बताएको छ। यो घटनापछि नयाँ वर्ष मनाउने वातावरण शोकमा परिणत भएको छ। प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ भने घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ।
पिकअप ट्रकबाट इस्लामिक स्टेटको झण्डा, हतियार र आईईडी (इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस) बरामद गरिएको छ।
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भियतनामकी उपराष्ट्रपति काठमाडौँमा
- आज १६०औँ मोती जयन्ती, योगदान स्मरण गरिँदै
- आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइयो
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल