
काठमाडौँ। कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरीको योग्यतासम्बन्धी मुद्दाको निर्णय सुनाउने मिति सरेको छ । सर्वोच्च अदालतले सांसद.चौधरीको योग्यतासम्बन्धी मुद्दाको निर्णय सुनाउने मिति सारेको हो ।
सांसद चौधरीको योग्यतामाथि प्रश्न उठाई दायर रिट निवेदनमाथिको सुनुवाइपछि संवैधानिक इजलासले १७ पुसमा फैसला सुनाउने भनी मिति तोकेको थियो । सर्वोच्चले निर्णय सुनाउने मिति बुधबार सारेको हो। सर्वोच्चले निर्णय सुनाउने अर्को मिति भने तोकिसकेको छैन ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सहित न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाल र डा.मनोजकुमार शर्माको इजलासले चौधरी प्रतिनिधिसभा सदस्य बन्न योग्य छन् वा छैनन् भन्ने विवादमा सुनुवाइ गरिसकेको छ ।
अधिवक्ता बसन्त जोशीले उहाँ प्रतिनिधिसभा सदस्य बन्न योग्य नभएको भन्दै निर्वाचित गर्ने निर्वाचन अधिकृतको निर्णय बदर गरेर फेरि निर्वाचन गराउनुपर्ने माग राख्नु भएको सथयो । कुनै संघीय सांसदको योग्यताको विषयमा प्रश्न उठेमा सर्वोच्च अदालतको संवैधानिक इजलासले त्यसलाई टुंगो लगाउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भियतनामकी उपराष्ट्रपति काठमाडौँमा
- आज १६०औँ मोती जयन्ती, योगदान स्मरण गरिँदै
- आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइयो
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल