
काठमाडौँ । पाकिस्तानी प्रधानमन्त्री शेहबाज सरिफले मङ्गलबार देशको राष्ट्रिय आर्थिक रूपान्तरण योजना सन् २०२४÷०२९ को शुभारम्भ गर्नुभएको छ। योजनाको लक्ष्य छ प्रतिशत कूल गार्हस्थ्य (जीडीपी) वृद्धि हासिल गर्ने तथा वार्षिक निर्यातलाई ६० अर्ब रुपैयाँमा पुर्याउने रहेको बताइएको छ ।
योजना सार्वजनिक गर्न गरिएको उदुघाटन समारोहलाई प्रधानमन्त्री सरिफले सम्बोधन गर्दै भन्नुभयो– ‘देशको आर्थिक चुनौतिलाई सम्बोधन गर्न योजनाअन्तर्गत सामूहिक दृष्टिकोणको आवश्यकता हुनेछ।’
शरीफले आफ्नो सरकारले उद्योग, वाणिज्य, सूचना प्रविधि, व्यापार तथा लगानीको प्रवद्र्धन र विश्वभर पाकिस्तानमा निर्मित उत्पादनका लागि नयाँ बजार खोज्ने कुरामा ध्यान केन्द्रित गर्ने बताउनुभयो । ‘निर्यातमा आधारित वृद्धि पाकिस्तानको आर्थिक पुनरुत्थानको आधार हुनेछ’ उहाँले भन्नुभयो ।
प्रधानमन्त्रीले प्रतिस्पर्धा र दक्षता प्रवद्र्धन गर्न उत्पादन लागत घटाउने, लगानीलाई प्रोत्साहन गर्ने र आयात प्रतिबन्ध हटाउने महत्त्वमा जोड दिँदै आर्थिक वृद्धि हासिल गर्न प्रमुख रणनीति प्रस्तुत गर्नुभयो ।
शरीफले उच्च गुणस्तरीय विकासलाई थप सुरक्षासँग जोड्ने तथा चीन–पाकिस्तान आर्थिक करिडोर लगायतका दुवै प्रमुख पहल आफ्नो सरकारको प्रतिवद्धतालाई पुनः पुष्टि गर्नुभयो ।
यसअघि समारोहमा अर्थमन्त्री मुहम्मद औरङ्गजेबले पाकिस्तानलाई दिगो आर्थिक वृद्धिको बाटोमा अघि बढाउन योजनाको महत्त्वलाई प्रकाश पार्नुभयो ।
उहाँले सरकारले अर्थ मन्त्रालयमा छुट्टै कर नीति इकाई स्थापना गर्ने लगायतका सुधारका माध्यमबाट वित्तीय अनुशासन तथा स्थायित्व ल्याउने बताउनुभयो । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भियतनामकी उपराष्ट्रपति काठमाडौँमा
- आज १६०औँ मोती जयन्ती, योगदान स्मरण गरिँदै
- आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइयो
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल