+

पुराना आयोजना सम्पन्न गर्न प्राथमिकता दिन्छौँ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय गौरवका आयोजना लगायतका मुख्य आयोजनालाई समयमै सम्पन्न गर्नेगरी नीति तथा कार्यक्रममा व्यवस्था र बजेटमा यथोचित प्राथमिकता दिइने बताउनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको ‘एक्सन रूम’बाट सिक्टा सिँचाइ आयोजना र महाकाली सिँचाइ आयोजना (तेस्रो चरण)को अनुगमन गर्दै यस्तो बताउनुभएको हो ।

आयोजनाको भर्चुअल अनुगमन गर्दै प्रधानमन्त्रीले भन्नुभयो– वार्षिक बजेटको ठीक ढङ्गले प्राथमिकीकरण हुन नसक्दा राष्ट्रिय गौरवका आयोजना र अन्य महत्त्वपूर्ण आयोजना नराम्रोसँग प्रभावित हुने गरेका छन् । पर्याप्त बजेटको व्यवस्था नहुँदा गुणस्तरीय काम हुन नसक्नुका साथै भौतिक तथा वित्तीय प्रगति सन्तोषजनक नहुने अवस्था छ । यसले आयोजनाको समय लम्बिँदै जाने र लागत पनि बढ्दै जाने अवस्था छ । यसपटक यो बेथितिको अन्त्य गर्नैपर्छ ।’

अनुगमनमा प्रधानमन्त्रीले नीतिगत समस्या र बजेटको अभावलाई सरकारले सम्बोधन गर्ने बताउँदै आयोजनास्थलमा परिणाममुखी काम गर्न आयोजना प्रमुखलाई निर्देशित गर्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो– ‘नीतिगत गाँठो र बजेटको समस्या हामी फुकाउँछौँ । फिल्डमा तपाईंहरू काम गर्नुस् । पटकपटक आयोजनाको म्याद थप्ने र थप दायित्व सिर्जना गर्ने काम नगर्नुस् । यो कुरालाई गम्भीरतापूर्वक लिएर काम गर्नुहोला ।’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अर्थतन्त्रमा सुधार आएकाले निर्माण व्यवसायीको भुक्तानीमा सहजता आएको जनाउँदै अब आयोजनाको भौतिक एवं वित्तीय प्रगतिले गति लिने बताउनुभयो ।

एक्सन रूमको अनुगमनमा प्रधानमन्त्री र ऊर्जामन्त्रीसँगै सरकारका मुख्यसचिव डा वैकुण्ठ अर्याल, मन्त्रालयका जलस्रोत तथा सिँचाइतर्फका सचिव सुशीलचन्द्र तिवारी, प्रधानमन्त्री कार्यालयका सचिव एकनारायण अर्याल, मणिराम गेलाललगायत आयोजना प्रमुख उपस्थित हुनुहुन्थ्यो ।

स्रोतको अभाव नभए आयोजनाले गति लिन्छ
अनुगमनका क्रममा सिक्टा सिँचाइ आयोजनाका प्रमुख देवराज निरौलाले वित्तीय स्रोतको सङ्कुचनका कारण आयोजनाको प्रगति उत्साहवद्र्धक नभएको भन्दै स्रोतको अभाव नभए आयोजनाले गति लिने बताउनुभयो ।

बाँके जिल्लाको सिँचाइलाई लक्षित गरी अगाडि सारिएको आयोजनाले ४२ हजार ७ सय ६६ हेक्टर जमिन सिँचाइ हुने जनाउँदै आयोजना प्रमुख निरौलाले आयोजनाको वित्तीय प्रगति ४० प्रतिशत रहेको र मुआब्जाका निम्ति स्रोतको व्यवस्था आवश्यक रहेको बताउनुभयो ।

निरौलाले सिक्टा सिँचाइ आयोजनामा पूर्वी र पश्चिमी नहरमा समानान्तररूपमा काम भइरहेको, आयोजनाको अवधि लम्बिँदा वित्तीय दायित्व थपिँदै गएको बताउँदै निर्धारित समयमा नै निर्माण सम्पन्न गर्नेगरी आफूहरू क्यालेन्डर बनाएर काम गर्ने जानकारी दिनुभयो । 

आयोजनाको उपलब्धितर्फ पुलसहितको ३ सय १७ मिटर लामो ब्यारेज सम्पन्न भएको, ४५ दशमलव २५ किमी लामो पश्चिम मूल नहर सम्पन्न भएको, पूर्वी मूल नहरको चैनेज ३७ दशमलव ६ सय ७५ सम्म नहर निर्माण सम्पन्न भएको, पश्चिमतर्फका शाखाहरूको करिब ५५ प्रतिशत निर्माण सम्पन्न भएको बताउँदै निरौलाले आगामी दिनमा आयोजना निर्माणको गति बढाइने जानकारी दिनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट