
काठमाडौँ। चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई नयाँ वर्षको सन्देशमा ‘विश्व शान्ति’ प्रवद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सरकारी प्रसारक सिसिटिभीका अनुसार सीले भन्नुभयो– ‘अन्तर्राष्ट्रिय परिस्थिति जस्तोसुकै परिवर्तन भए पनि चीन सुधारलाई थप व्यापक रूपमा गहिरो बनाउन... र विश्व शान्ति तथा विकासलाई प्रवद्र्धन गर्न दृढ रहनेछ ।’
सन् २०२२ फेब्रुअरीमा छिमेकी युक्रेनमा पुटिनले पूर्ण आक्रमण गर्नुभएपछि चीनले संयुक्त राज्य अमेरिका र अन्य पश्चिमी राष्ट्रहरूको विपरीत आफूलाई तटस्थ पक्षका रूपमा प्रस्तुत गर्न खोजेको छ ।
तर चीन रुसको घनिष्ठ राजनीतिक र आर्थिक साझेदार बनेको छ । जसका कारण केही नाटो सदस्यहरूले बेइजिङलाई युद्धको ‘सक्षमकर्ता’ ब्रान्ड गर्न प्रेरित गरेका छन् । युद्धलाई बेइजिङले कहिल्यै निन्दा गरेको छैन ।
सिसिटिभीका अनुसार सीले पुटिनलाई भन्नुभयो– ‘एक शताब्दीमा नदेखिएका तीव्र विकासोन्मुख परिवर्तन र अशान्त अन्तर्राष्ट्रिय परिस्थितिको सामना गर्दै चीन र रूस गुटनिरपेक्षता, गैर–टकराव र कुनै तेस्रो पक्षलाई लक्षित नगर्ने सही मार्गमा निरन्तर हातेमालो गर्दै अघि बढेका छन् ।’
दुवै राष्ट्रपतिबीच बलियो व्यक्तिगत सम्बन्ध छ । सीले आफ्ना रूसी समकक्षीलाई आफ्नो ‘सबैभन्दा असल मित्र’ भन्नुभएको छ भने पुटिनले उहाँलाई आफ्नो ‘भरपर्दो साझेदार’ मान्नुहुन्छ ।
युक्रेनमा रूसको युद्धले प्रदर्शित गरे जस्तै पश्चिमी देशहरूसँग बढ्दो तनावको एक दशकका बावजुद उहाँहरूको सम्बन्ध स्थिर रहेको छ ।
सिसिटिभीका अनुसार ‘दुई देशबीचको सम्बन्धमा नयाँ महत्त्वपूर्ण कोसेढुङ्गाको प्रतिनिधित्व गर्दै’ सन् २०२४ मा चीन र रुसबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वार्षिकोत्सव भएको कुरा सीले पुटिनलाई उल्लेख गर्नुभयो ।
‘साढे तीन दशकको उतारचढावपछि, चीन–रूस सम्बन्ध अझ परिपक्व र स्थिर बन्दै गएका छन्’ सीले भन्नुभयो । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भियतनामकी उपराष्ट्रपति काठमाडौँमा
- आज १६०औँ मोती जयन्ती, योगदान स्मरण गरिँदै
- आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइयो
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल