
धनुषा। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी निर्वाचनमा नेपाली कांग्रेस तीनै तहमा एक्लै चुनाव लड्ने बताउनुभएको छ । कांग्रेसको लक्ष्य तीनै तहमा चुनाव एक्लै लडेर जित्ने रहेको उहाँले बताउनुभयो ।
जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा नेता कोइरालाले कांग्रेस र एमालेले अगामी निर्वाचनमा एकअर्कासँग प्रतिस्पर्धा गर्ने बताउनुभयो । दुई÷दुई महिनामा सरकार परिवर्तन हुने र राजनीतिक स्थायित्व नहुने भएपछि एमालेसँग मिलेर सरकार गठन गर्नुपर्ने बाध्यता आइपरेको उहाँले बताउनुभयो ।
सरकारले विलम्ब नगरी संविधानमा रहेका त्रुटि परिवर्तन गर्न अन्य दलसँग मिलेर अगाडि बढ्नुपर्ने समय आएको नेता कोइरालाको भनाइ थियो । पार्टीको महाधिवेशन समयमै गर्न पनि उहाँले जोड दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भियतनामकी उपराष्ट्रपति काठमाडौँमा
- आज १६०औँ मोती जयन्ती, योगदान स्मरण गरिँदै
- आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइयो
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल